अघिल्लो वर्षको तुलनामा झापामा सवारी दुर्घटना दोब्बरभन्दा बढीले बृद्धि

दमक, ३ साउन । झापामा सवारी दुर्घटना दोब्बरभन्दा बढीले बृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१–८२ मा झापामा सवारी दुर्घटनाको संख्या दोब्बरभन्दा बढीले बृद्धि भएको हो । आर्थिक वर्ष २०८०–८१ मा जम्मा ५९३ वटा दुर्घटना भएका थिए । तर, आर्थिक वर्ष २०८१–८२ मा यो संख्या बढेर एक हजार २९६ पुगेको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा ५९३ वटा दुर्घटना हुँदा १६४ जना गंभीर र ८०३ जना सामान्य घाइते भएका थिए । सो वर्ष ८७ जनाले ज्यान गुमाएका थिए ।

 

आर्थिक वर्ष २०८१÷ ८२ मा भने एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष २०८१÷ ८२ मा ५२ हजार ८७५ जना सवारी चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। यस कारबाहीबाट तीन करोड ९५ लाख ५५ हजार ५६० रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो वर्ष ५७ हजार ४५६ सवारी चालकलाई कार्वाही गर्दा ३ करोड ८६ लाख ८२ हजार ६४१ रुपैयाँ राजस्व संकलन भएको थियो ।

 

यस्तै मादक पदार्थ सेवन (मापसे) अन्तर्गत तीन हजार १७४ जना कारवाहीमा परेका छन् । ७७ हजार २३० जना सवारी चालकलाई चेकजाँच गर्दा त्यति कार्वाहीमा परेका हुन् । जसबाट १८ लाख रुपैयाँभन्दा बढी जरिवाना सङ्कलन प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनु भयो। उहाँका अनुसार मादक पदार्थ सेवन प्रशिक्षण ५० पटक गरिएको थियो । जसबाट १ हजार २५० जना लाभान्वित भएका छन् । त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागूपदार्थ सेवन चेकजाँच गर्दै आएको छ । १६२ जना सवारी चालकलाई लागूपदार्थ सेवन चेकजाँच गर्दा ४८ जना कार्वाहीमा परेको पौडेलले जानकारी दिनु भयो ।

 

जिल्लाभर ट्राफिक सचेतनामूलक कार्यक्रमअन्तर्गत विद्यालय तहका आठ हजार ४६१ विद्यार्थीहरूलाई ट्राफिक नियमसम्बन्धी कक्षा दिइएको छ । विभिन्न विद्यालयमा पुगेर १७५ वटा सचेतना कक्षा संचालन गरिएको प्रहरी निरीक्षक पौडेलले बताउनु भयो । यसैबीच, ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै जिल्लामा ट्राफिक भ्वाइलेशन रेकर्ड प्रणाली (टिभिआरयस) र अनलाइन जरिवाना तिर्ने प्रणाली लागू गरिएको उहाँले बताउनु भयो ।

 

गत आर्थिक वर्ष २०८१÷८२ मा कार्यालयले सवारी नियमनका लागि ७० थान रिफ्लेक्टर बेल्ट, ३० थान ट्राफिक साइन बोर्ड, ४ थान म्याजिक लाइट, ३ वटा ब्रेथलाइजर, ७ वटा कम्प्युटर, एउटा गोप्रो क्यामेरा र एउटा ल्यापटप प्रयोगमा ल्याएको छ ।

 

ट्राफिक सुधार अभियानमा विभिन्न स्थानीय तह, विद्यालय, अस्पताल, सञ्चार संस्था र सामुदायिक केन्द्रसंगको सहकार्यमा कार्यक्रम गरिएको पौडेलले बताउनु भयो । कक्षा ६ देखि १० सम्मका विद्यार्थी, अटो÷सिटी चालक, स्कुल बसका चालक, जनप्रतिनिधि , कर्मचारीलगायत सबै क्षेत्रलाई लक्षित गरी गरिएको कार्यक्रमले सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको उहाँको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

คาสิโนออนไลน์เว็บตรงที่ดีที่สุดสำหรับผู้เล่นชาวไทย – โบนัสสูงสุด 380%

รอบคลุมทั้งคาสิโนสด สล็อต เกมโต๊ะ RNG และเกมแนวเอเชียที่ผู้เล่นไทยคุ้นเคย จุดเด่นของแพลตฟอร์มนี้คือจำนวนเกมที่หลากหลายและการอัปเดตเกมใหม่จากผู้พัฒนาเกมหลายค่าย ทำให้ผู้เล่นสามารถเลือกเล่นเกมที่มี RTP สูงได้หลายประเภท ตั้งแต่เกมไพ่ไปจนถึงสล็อตและเกมจังหวะเร็ว เลือกคาสิโนออนไลน์ที่มีเครื่องมือตั้งวงเงินฝาก จำกัดเวลา พักบัญชี aztec pg หรือปิดบัญชี หากเริ่มปกปิดยอดเล่น ยืมเงิน เครียด นอนไม่หลับ หรือส่งผลกระทบต่อการทำงานและครอบครัว ควรหยุดเล่นและขอความช่วยเหลือ WHO ระบุว่าผลกระทบจากการพนันอาจครอบคลุมสุขภาพ การเงิน

Official Site

Moreover, you will not incur any prices whenever you make your deposits at Cheeky Bingo. You can even simply make your deposits/withdrawals via the app

सम्बन्धित समाचारहरू