दमक, ३ साउन । झापाको अर्जुनधारामा सालको काठ बोकेको पिकअपसहित चालक पक्राउ परेका छन् ।
आज बिहान अर्जुनधारा –१ स्थित मदनपुरमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश खुदुनाबारीवाट खटिएको गस्ती टोलीले खुदुनावारीबाट शनिश्चरेतर्फ आउँदै गरेको मे १ ज ११६५ नं. को पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा करिब ३८ क्यु फिट साल जातको चिरान काठ बरामद गरेको प्रहरीले जनाएको छ ।
करिब १ लाख ६ हजार ४०० मूल्यको काठ र ८ लाख मूल्यको सवारी साधन गरी ९ लाख ६ हजार ४०० बराबरको काठ, पिकअप तथा पिकअप चालक अर्जुनधारा –२ बस्ने ५० वर्षीय विक्रम ढुङ्गानालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यालय सुरुङ्गालाई बुझाएको प्रहरीलेको जनाएको छ ।
