प्रहरी अभियान

झापामा लागुऔषध र ज्यानसम्बन्धी अपराधमा सुधार रहेको प्रहरीको दाबी

भन्सार चोरी तथा अवैध काठ कारोबारसम्बन्धी मुद्दामा उल्लेखनीय सुधार

दमक| ३ साउन | 


झापा जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा अपराध नियन्त्रणतर्फ सशक्त प्रगति गरेको जनाएको छ। कर्तव्य ज्यान, लागू औषध कारोबार, जबरजस्ती करणी, सवारी ज्यान, आत्महत्या, भन्सार चोरी तथा अवैध काठ कारोबारसम्बन्धी मुद्दामा उल्लेखनीय सुधार देखिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ।

 

 

अघिल्लो वर्षको तुलनामा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा उल्लेखनीय कमी आएको प्रहरी स्रोतको दाबी छ। “समुदायसँगको सहकार्य, सूचनाको प्रभावकारी उपयोग र समयमै भइरहेको प्रहरी हस्तक्षेपले घटनाहरू घटेका छन्,” जिल्ला प्रहरी स्रोतले भन्यो।

 

 

यस्तै, लागू औषध नियन्त्रणमा समेत निर्णायक सफलता मिलेको छ। प्रहरीको सक्रिय गस्ती, सूचना संकलन र गोप्य अपरेसनमार्फत धेरैजना कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन्। लागू औषधसहित पक्राउ परेका अभियुक्तहरूविरुद्ध कानुनी कारबाही अघि बढाइएको जनाइएको छ।

 

 

प्रहरी तथ्यांकअनुसार, जबरजस्ती करणी, सवारी ज्यान र आत्महत्या जस्ता संवेदनशील विषयहरूमा पनि प्रहरीको समयमै भएको हस्तक्षेप र जनचेतनामूलक क्रियाकलापले सकारात्मक प्रभाव पारेका छन्।

फरार प्रतिवादी पक्रन विशेष अभियान

फैसला कार्यान्वयनको सन्दर्भमा समेत झापा प्रहरीले उल्लेखनीय प्रगति गरेको छ। विगत वर्षहरुदेखि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा पेश गर्ने अभियान तीव्र पारिएको छ। “न्यायपालिकाको निर्णयलाई कार्यान्वयन गर्न हामी थप सक्रिय छौँ,” झापा प्रहरीले सार्बजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

 

 

 

त्यस्तै, भन्सार चोरी पैठारी तथा अवैध काठ कारोबार नियन्त्रणमा पनि प्रहरीले विशेष अनुगमन अभियान सञ्चालन गरिरहेको छ। यस क्रममा धेरै संलग्नहरू पक्राउ परेका छन् भने मुद्दा अगाडि बढाइएको छ।

 

 

 

अझ प्रविधिमैत्री र जनउत्तरदायी प्रहरी व्यवस्था निर्माणतर्फ ध्यान

जिल्ला प्रहरी कार्यालयका अनुसार, अबको प्राथमिकता प्रविधिमैत्री प्रहरी प्रणाली र जनताको विश्वास जित्ने सेवा प्रवाहमा केन्द्रित हुने छ। प्रहरी–नागरिक समन्वयमार्फत अपराध न्यूनीकरणलाई थप प्रभावकारी बनाउने योजना सार्वजनिक गरिएको छ।

 

झापा प्रहरीको यो गतिविधि नजिर बन्नसक्ने देखिएको छ — जसले अपराध नियन्त्रणका क्षेत्रमा अन्य जिल्लाहरूलाई पनि सन्देश दिनेछ। प्रहरी र नागरिकको सहकार्यबाट शान्ति, सुरक्षा र सुव्यवस्था अझ मजबुत बनाउने कार्यमा झापाले गतिलो उदाहरण प्रस्तुत गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

คาสิโนออนไลน์เว็บตรงที่ดีที่สุดสำหรับผู้เล่นชาวไทย – โบนัสสูงสุด 380%

รอบคลุมทั้งคาสิโนสด สล็อต เกมโต๊ะ RNG และเกมแนวเอเชียที่ผู้เล่นไทยคุ้นเคย จุดเด่นของแพลตฟอร์มนี้คือจำนวนเกมที่หลากหลายและการอัปเดตเกมใหม่จากผู้พัฒนาเกมหลายค่าย ทำให้ผู้เล่นสามารถเลือกเล่นเกมที่มี RTP สูงได้หลายประเภท ตั้งแต่เกมไพ่ไปจนถึงสล็อตและเกมจังหวะเร็ว เลือกคาสิโนออนไลน์ที่มีเครื่องมือตั้งวงเงินฝาก จำกัดเวลา พักบัญชี aztec pg หรือปิดบัญชี หากเริ่มปกปิดยอดเล่น ยืมเงิน เครียด นอนไม่หลับ หรือส่งผลกระทบต่อการทำงานและครอบครัว ควรหยุดเล่นและขอความช่วยเหลือ WHO ระบุว่าผลกระทบจากการพนันอาจครอบคลุมสุขภาพ การเงิน

Official Site

Moreover, you will not incur any prices whenever you make your deposits at Cheeky Bingo. You can even simply make your deposits/withdrawals via the app

सम्बन्धित समाचारहरू