दमक, ४ साउन । झापाको कमल गाउँपालिका–२ स्थित कमल खोलाको पुल मुनि एक अन्दाजी ८० वर्षको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
आज दिउँसो करिब १३ः०० बजे खोलाले बगाई ल्याएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि प्रहरी चौकी तोपगाछीबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको जनाएको छ ।
मृतकको शिवसताक्षी नगरपालिका–१ का ८० वर्षीय प्रभाखर पोखरेल रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ।
शवको सम्पूर्ण कानुनी प्रक्रिया सम्पन्न गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले बताएको छ। मृतक पोखरेलको मृत्युको कारण खुल्न बाँकी रहेकोले थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
