अविरल वर्षापछि आएको बाढीका कारण अधिकांश सडक अवरुद्ध

दमक, ४ साउन । अविरल वर्षापछि आएको बाढीका कारण मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी)लोकमार्ग, तमोर करिडोरसहित पाँचथरका अधिकांश सडक अवरुद्ध भएका छ ।

 

गए रातिदेखि परेको वर्षाका कारण आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा निर्माण गरिएको डाइभर्सनमा क्षति पु¥याएपछि राजमार्ग अवरुद्ध बनेको छ । हेंवा खोला पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा पर्छ ।

 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार बाढी डाइभर्सनभन्दा माथिबाट बगेको छ । गत वर्षको असोज १२ गते आएको बाढीले यहाँ रहेको बेलिब्रिज बगाएपछि डाइभर्सनबाट सवारी साधन वारपार गर्दै आएका थिए । बाढीले डाइभर्सनमा क्षति पु¥याएपछि पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सम्पर्क विच्छेद भएको हो ।

 

बाढीले द्रुतमार्गका रुपमा रहेको तमोर करिडोर सडकलाई अवरुद्ध बनाएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिकाको सीमामा रहेको उक्त खोलामा बाढी आएपछि सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था रहेको स्थानीय बासिन्दाले बताएका छन् । निर्माणाधीन यस सडकका अधिकांश खोला पुल निर्माण हुन बाँकी रहेको छ ।

 

बाढीकै कारण पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम खण्ड अवरुद्ध भएको छ । याङ्वरक गाउँपालिका–२ दोभानेमा रहेको डाइभर्सन मेवा खोलामा आएको बाढीले बगाउँदा सडक अवरुद्ध बनेको छ भने याङ्वरक–३ स्थित रिजाल भिरमा पहिरो झरेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिनुभएको छ ।

 

पहिरोका कारण भेडेटार रवि राँके सडक पनि अवरुद्ध बनेको छ । फाल्गुनन्द गाउँपालिका–५ मगरभिर र मिक्लाजुङ गाउँपालिका–४ रवि बजारमा पहिरो झरेर सडक अवरुद्ध बनेको प्रहरीले बताएको छ ।

 

फिदिम फालोट सडकअन्तर्गत फिदिम नगरपालिका– १ र ११ को सीमामा रहेको फेमे खोलामा रहेको डाइभर्सनमा पुग्ने पहुँच मार्ग बाढीले बगाएपछि उक्त सडक अवरुद्ध भएको छ । यहाँ निर्माण गरिएको डाइभर्सनमा भने क्षति नपुगेकाले बाढी घट्नासाथ सडक निर्माण गरी यातायात सञ्चालन गर्ने प्रयास थालिएको छ ।

 

पहिरोले मेची राजमार्गको पौवा भञ्ज्याङबाट रानीटार जोड्ने सडक अवरुद्ध भएको छ । फालेलुङ गाउँपालिका–३ र ७ को सीमास्थित घुमाउनेटारमा रहेको डाइभर्सनमा पनि बाढीले क्षति पु¥याउँदा सिदिन र मेमेङ सडक अवरुद्ध भएको प्रहरीले बताएको छ । पहिरोले मिक्लाजुङ गाउँपालिका–२ रविस्थित इलाका प्रहरी कार्यालयको ‘डिउटी पोष्ट’ भत्काएको पाँचथर प्रहरीले बताएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

คาสิโนออนไลน์เว็บตรงที่ดีที่สุดสำหรับผู้เล่นชาวไทย – โบนัสสูงสุด 380%

รอบคลุมทั้งคาสิโนสด สล็อต เกมโต๊ะ RNG และเกมแนวเอเชียที่ผู้เล่นไทยคุ้นเคย จุดเด่นของแพลตฟอร์มนี้คือจำนวนเกมที่หลากหลายและการอัปเดตเกมใหม่จากผู้พัฒนาเกมหลายค่าย ทำให้ผู้เล่นสามารถเลือกเล่นเกมที่มี RTP สูงได้หลายประเภท ตั้งแต่เกมไพ่ไปจนถึงสล็อตและเกมจังหวะเร็ว เลือกคาสิโนออนไลน์ที่มีเครื่องมือตั้งวงเงินฝาก จำกัดเวลา พักบัญชี aztec pg หรือปิดบัญชี หากเริ่มปกปิดยอดเล่น ยืมเงิน เครียด นอนไม่หลับ หรือส่งผลกระทบต่อการทำงานและครอบครัว ควรหยุดเล่นและขอความช่วยเหลือ WHO ระบุว่าผลกระทบจากการพนันอาจครอบคลุมสุขภาพ การเงิน

Official Site

Moreover, you will not incur any prices whenever you make your deposits at Cheeky Bingo. You can even simply make your deposits/withdrawals via the app

सम्बन्धित समाचारहरू