दमक , ४ साउन । झापाको झापा गाउँपालिकाकामा कनकाई माई नदीमा आएको बाढी गाउँ पसेको छ । बाढीले बस्ती डुबानमा परेको छ । अहिले केही डुबान केही घटेको जनाइएको छ ।
माईखोलाको बाढी झापा गाउँपालिका वडा नम्बर–२ को सुगाबथान र कुवाडी बजारमा प्रवेश गरेको हो । सुगाबथानका जेठा टुडू, ताला सोरेन, लिलमुनि टुडू, मण्डल टुडू, सुकदेव टुडू, साएकला टुडू, साइबा टुडूको घर डुबानमा परेको जनाइएको छ ।
हिजो रातिदेखि परेको अविरल वर्षाका कारण उनीहरुको घरमा डेढ–दुई फुट पानी जमेको थियो । त्यस्तै, कुवाडी बजारमा पनि पानी पसेको छ । अहिलो दिउँसो पानी घट्दै गएको छ ।
कनकाई माईकै बाढीले शिवसताक्षी–५ भेलामुनीमा डुबान परेको छ । भेलामुनीका पाँच घर डुबानमा परेको शिवसताक्षी–५ का वडा अध्यक्ष सिकिन पासवानले बताउनु भएको छ ।
बाढी गाउँ पस्दा बोधनाथ बिमली, विपिन राई , बाङठु ताजपुरिया, खोजे ताजपुरिया र रेमेतुन राजवंशीको घर डुबानमा परेको हो । त्यहाँ एउटा मन्दिर जोखिममा परेको वडा अध्यक्ष पासवानले जानकारी दिनु भएको छ ।
बाढीले किसानको सयौँ बिघा जमिन डुबानमा परेको बताइएको छ । बालीनाली नष्ट भएको छ ।
