दमक ६ का योजनामाथि छलफल

यो वर्ष के मा लगानी गर्दै छ ? वडावासीको माग कस्तो छ ?

दमक,९ साउन । दमक नगरपालिका वडा नं. ६ ले आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न कार्यक्रमहरुको सार्वजनिकिकरण गर्दै आगामी वर्ष २०८२÷८३ का योजनाबारे छलफल कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा वडाले २०८१÷८२ सालको वार्षिक बजेट अन्तर्गत पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य तथा रोजगार सिर्जनासँग सम्बन्धित कार्यक्रमहरू संचालन गरिएको जानकारी प्रस्तुत गरिएको थियो। साथै, वडा अध्यक्ष टेक बहादुर थापाले २०८२÷८३ का लागि नगरपालिकाबाट प्राप्त मार्गदर्शन र सिलिङअनुसार तयार पारिएका प्राथमिकताका कार्यक्रमहरूको जानकारी दिनुभयो। वडा अध्यक्ष थापाका अनुसार, १२,५५६,७०५ रुपैयाँ बराबरको बजेटमा पूर्वाधार विकास, आर्थिक समृद्धि, मर्मत–सम्भार, वातावरणीय संरक्षण, विपद् व्यवस्थापन, सामाजिक विकास, स्वास्थ्य तथा शैक्षिक सुधारका कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको छ।

कार्यक्रममा सहभागी स्थानीयबासीहरूले वडा कार्यालयले छनोट गरेका कार्यक्रमहरू जनमुखी, सान्दर्भिक र व्यवहारिक रहेको धारणा राखेका थिए।
स्थानीय बुद्धिशेखर भट्टराईले वडाका कार्यक्रमप्रति समर्थन जनाउँदै सबैलाई समेटेर लैजाने खालका कार्यको खाँचो औंल्याउनुभयो। उहाँले टोल विकास संस्थाहरूको सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो।

गुरास टोल विकास संस्थाका अध्यक्ष देउकुमार नेम्बाङले वडाले ल्याएका कार्यक्रमहरू व्यवहारिक रहेको भन्दै सुरक्षा प्रविधिमा पनि जोड दिनुपर्ने धारणा राख्नुभयो। उहाँले टोल विकास संस्थामा सीसीटीभी जडानजस्ता कार्यक्रमहरू मापदण्ड अनुसार अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमले वडाले पारदर्शी र सहभागी निर्णय प्रक्रियालाई अवलम्बन गर्दै नागरिकहरूको सुझावलाई समेत समेटेर आगामी योजना बनाएको स्पष्ट पारेको छ। छलफलमा देखिएको सहभागिता र समर्थनले वडा समृद्धिको दिशामा अग्रसर रहेको सन्देश दिएको छ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका