दमक ६ का योजनामाथि छलफल

यो वर्ष के मा लगानी गर्दै छ ? वडावासीको माग कस्तो छ ?

दमक,९ साउन । दमक नगरपालिका वडा नं. ६ ले आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न कार्यक्रमहरुको सार्वजनिकिकरण गर्दै आगामी वर्ष २०८२÷८३ का योजनाबारे छलफल कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा वडाले २०८१÷८२ सालको वार्षिक बजेट अन्तर्गत पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य तथा रोजगार सिर्जनासँग सम्बन्धित कार्यक्रमहरू संचालन गरिएको जानकारी प्रस्तुत गरिएको थियो। साथै, वडा अध्यक्ष टेक बहादुर थापाले २०८२÷८३ का लागि नगरपालिकाबाट प्राप्त मार्गदर्शन र सिलिङअनुसार तयार पारिएका प्राथमिकताका कार्यक्रमहरूको जानकारी दिनुभयो। वडा अध्यक्ष थापाका अनुसार, १२,५५६,७०५ रुपैयाँ बराबरको बजेटमा पूर्वाधार विकास, आर्थिक समृद्धि, मर्मत–सम्भार, वातावरणीय संरक्षण, विपद् व्यवस्थापन, सामाजिक विकास, स्वास्थ्य तथा शैक्षिक सुधारका कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको छ।

कार्यक्रममा सहभागी स्थानीयबासीहरूले वडा कार्यालयले छनोट गरेका कार्यक्रमहरू जनमुखी, सान्दर्भिक र व्यवहारिक रहेको धारणा राखेका थिए।
स्थानीय बुद्धिशेखर भट्टराईले वडाका कार्यक्रमप्रति समर्थन जनाउँदै सबैलाई समेटेर लैजाने खालका कार्यको खाँचो औंल्याउनुभयो। उहाँले टोल विकास संस्थाहरूको सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो।

गुरास टोल विकास संस्थाका अध्यक्ष देउकुमार नेम्बाङले वडाले ल्याएका कार्यक्रमहरू व्यवहारिक रहेको भन्दै सुरक्षा प्रविधिमा पनि जोड दिनुपर्ने धारणा राख्नुभयो। उहाँले टोल विकास संस्थामा सीसीटीभी जडानजस्ता कार्यक्रमहरू मापदण्ड अनुसार अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमले वडाले पारदर्शी र सहभागी निर्णय प्रक्रियालाई अवलम्बन गर्दै नागरिकहरूको सुझावलाई समेत समेटेर आगामी योजना बनाएको स्पष्ट पारेको छ। छलफलमा देखिएको सहभागिता र समर्थनले वडा समृद्धिको दिशामा अग्रसर रहेको सन्देश दिएको छ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने