दमकका बजारलाई मानवीय स्वास्थ्यसग खेलबाड गर्ने गरी व्यापार हुन नदिने

दमकका अधिकांश निजी क्लिनिक मापदण्ड बाहिर

एक हप्ताभित्र मापदण्ड पुरा गर्न दमक उप मेयरको चेतावनी

 

दमक, १३ साउन । हरियो सारी । आँखामा कालो चस्मा । अघी पछि नगर प्रहरी । साथमा स्वास्थ्य सम्बन्धीका जानकारहरुलाई फाईल बोकाएर दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाई बजार अनुगमनमा निस्कनु भएको दृष्य हो यो ।

 

 

दमकका बजारलाई मानीय स्वास्थ्यसग खेलबाड गर्ने गरी व्यापार हुन नदिने भन्दै सुरुदेखीनै एक्सनमा उत्रनु भएकी उप प्रमुख रेगिना यो पटक दमकका मेडिकल, क्लिनीक तथा फार्मेेसी साथै केहि निजी अस्पतालको अनुगमनमा निस्कनु भएको हो ।

 

अन्‌गमनमा जाँदा उहाँले नगरपालिका भित्र सञ्चालनमा रहेका अधिकांश निजी मेडिकल, फार्मेसी, क्लिनिक तथा चस्मा घरहरु नियमन र कानुनी प्रक्रिया विना खुलेआम सञ्चालन भइरहेको पाउनु भयो ।

सबै निजी स्वास्थ्य संस्थाहरुलाई एक हप्ताभित्र दर्ता तथा नविकरणका लागि सम्पर्क गर्न निर्देशन दिएको छ । उक्त अवधिपछि पनि सुधार नभएमा कानुनी दायरामा ल्याइने उहाँको चेतावनी छ ।

 

 

 

दमक नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ब्रजेस कुमार मेहताका अनुसार, फार्मेसी तथा औषधी पसलहरुले दर्ता प्रक्रिया पुरा गरे पनि समयमै नविकरण नगर्ने प्रवृत्ति देखिएको छ भने केहीले त कुनै कागजातबिना नै व्यवसाय सञ्चालन गरिरहेका छन् । उहाँले नियमित स्वास्थ्य सेवा लिन जाने सर्वसाधारण यस्ता अनियमित संस्थाको मारमा परिरहेको बताउनुभयो ।

 

 

देशकै प्रतिष्ठित नगर र शहरका रुपमा अघि बढिरहेको दमक नगरपालिकामा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यति धेरै लापरवाही हुनु अत्यन्त गम्भीर विषय हो । यसले जनस्वास्थ्यलाई नै खतरा पुर्याउने खतरा रहेको हुँदा सम्बन्धित निकायले कडाइका साथ निगरानी र कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने