डाइभर्सनको डर

निर्माणाधीन एसिययन हाइवे : वर्षातका बेला कति जोखिम ?

झापा खण्डमा हेर्ने हो भने जक्सनै पिच्छे निर्माण सडक भत्काएर बनाइएका डाईभर्सनले यात्रुलाई डर मात्रै पैदा गराइरहेको छ ।

दमक , २०, साउन | एसियाली विकास बैङ्कको सहयोगमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग निर्माणको काम धमाधम भइरहेको छ । तर सुरक्षीत डाइभर्सनका बारेमा बारम्बार प्रश्न उठीरहन्छ । अझ झापा खण्डमा हेर्ने हो भने जक्सनै पिच्छे निर्माण सडक भत्काएर बनाइएका डाईभर्सनले यात्रुलाई डर मात्रै पैदा गराइरहेको छ । सामान्य वर्षात हुँदा पनि यसको डाईवर्सनले जोखीम बढाइरहेको छ ।

 

बाटो फराकीलो त बन्दै छ । तर सगसगै जोखीम पनि उत्तीकै छ । एसियन हाईवे अन्तर्गत झापा खण्डको मेचीनगर क्षेत्रमा पर्ने कालीझोडामा रहेको डाईभर्सन यो खण्डकै सबैभन्दा जोखिम डाईभर्सन मान्ने गरिएको छ ।

 

सामान्य वर्षात हुदा पनि बाटो चीप्लो हुन्छ । खनिएको सडकमा खाल्डा खुल्डी छन् । यस्तो अवस्थामा सवारीका साधनहरु पल्टने जोखीम उत्तीकै हुन्छ । गाडीको चक्का अलीकती स्लिप भयो भने सडक मुनी पुग्न सक्ने खतरा पनि उत्तीकै छ ।

 

 

कालीझोडा मात्रै नभएर झापाको कन्काई नगरपालिका क्षेत्रमा पर्ने सुरुङगा देखी पूर्व तर्फको जामुनबारी सिमसार जाने सडक अगाडीको डाईभर्सन पनि कम जोखीमको छैन ।

 

खासगरी बिरामी बोकेर कुनै पनि साधन यो बाटो भएर हिड्दा अर्को बिराम लाग्न सक्ने सम्भावना यहाँका डाईभर्ससनहरुले बनाइदिएका छन् । ठुला ठुला खाल्डा । त्यहाँ जमेका पानी । अनी ठुला सवारीले त्यहि जमेको पानी उछीट्याउँदा खेप्नु परेका अनेक सास्ती । झापामा निर्माणाधीन एसियन हाईवेमा बनाइएका यी डाईभर्सनले दिएको दुख हुन यी ।

 

 

यस्तै यही सडक खण्डको शिवसताक्षी नगरपालिका क्षेत्रमा पर्ने भालु खोलाको डाईभर्सन पनि जोखीमयूक्त छ । माईधार देखी पश्तिम दुधे देखी पूर्व तर्फ रहेको यो डाईभर्सन सडक भन्दा तल रहेकोले पानी जमेर समेत आउन सक्ने भएकोले वर्षातको समयमा थप जोखिमयूक्त मान्न सकिन्छ ।

 

मनसुन भर्खरै सकृय भएको छ । वर्षातको समय अझै निरन्तर बढ्ने संकेत मौसम बिभागले गरिरहेको छ । अझ झापामा अघील्ला वर्षको तुलनामा बढि वर्षा हुने र बाढि र डुबानका घटनाको जोखिम बढ्ने तर्फ बिज्ञहरुले सचेत गराइरहेका बेला निर्माणाधीन यो एसियन हाईवेमा बनेका डाईभर्सनलाई पनि सुरक्षीत बनाउन आवश्यक छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि