एमाले कार्यकर्ताको कुरा

‘नेकपा एमालेमाथि फैलाइएको भ्रम र वास्तविकता’

आज हाम्रो नेपाली समाजमा राजनीति भन्ने बित्तिकै धेरै मानिसको मनमा नकारात्मक धारणा आउँछ । सबै नेता स्वार्थी हुन्छन्, पार्टीले देश बिगार्‍यो र विकासको नाउँमा केवल प्रचार मात्रै भयो भन्ने सोच कतिपय ठाउँमा सामान्य जस्तै बनिसकेको छ ।

 

 

विशेषतः नेकपा एमालेप्रति पनि यस्ता अनेकन भ्रमहरू फैलाइएको छ, कतै जानाजान कतै बुझाइको कमीले । तर हामी एमाले कार्यकर्ताहरूलाई थाहा छ, सत्य के हो । हाम्रो पार्टीको मूल ध्येय, योगदान, विचार र भविष्यको योजना थाहा हुने हो भने आम जनता र खासगरी युवाहरुमा उत्साहको नयाँ लहर आउनेछ ।

 

 

म एक साधारण एमाले कार्यकर्ता, पार्टीप्रति फैलाइएका केही मुख्य भ्रमहरू चिर्ने प्रयास गर्दैछु र साथसाथै पार्टीले दिएको आशा, भरोसा र मार्गदर्शनबारे आफ्ना भावना बाँड्दैछु ।

 

१. एमाले सधैं सत्ता लोभी पार्टी हो ? धेरैले भन्छन्, एमाले सधैं सत्तामा बस्न मात्रै चाहन्छ । यो कुरा सतही रूपमा हेर्दा लाग्न सक्छ तर, यो सत्य होइन एमाले सत्ता प्राप्तिको लागि होइन, समाज रुपान्तरणको लागि राजनीति गर्छ । इतिहास हेर्ने हो भने २०४८ सालको चुनावपछि पनि एमालेले बहुमत पाएको छैन तर, संसदको मर्यादा, गणतन्त्रको रक्षा र जनताको पक्षमा निर्णय लिन सधैं अगाडि उभिएको छ । एमाले सत्तामा हुँदा नीतिगत सुधार ल्याउने सामाजिक सुरक्षा विस्तार गर्ने, पूर्वाधार निर्माणमा गति दिने र भ्रष्टाचारविरुद्ध दृढ अडान लिने काम गर्‍यो । कहिलेकाहीं अल्पमतमा हुँदा पनि एमालेले जनताको आवाज बुलन्द पार्दै सरकारलाई घुँडा टेकाएको उदाहरण प्रशस्तै छन् ।

 

२. एमालेले केही नगरेको पार्टी हो ? यो सबैभन्दा हाँस्यास्पद र खतरनाक भ्रम हो । एमालेले नगरेको भए देशमा आज गाउँ–गाउँमा सडक, बत्ती, विद्यालय र स्वास्थ्यचौकी पुग्थ्यो ? हामीले २०५१ सालमा मनमोहन अधिकारीको सरकारले थालनी गरेको आफनो गाउं आफैं बनाऔं कार्यक्रम, वृद्ध भत्ता, एकल महिला भत्ता, संविधान निर्माणको क्रममा महिला, दलित, उपेक्षित, जनजाति, आदिवासी लगायतका समुदायका अधिकार सुनिश्चित गर्ने सवालमा र विशेष गरेर समाजवाद उन्मुख राज्यको परिकल्पना गर्ने सन्दर्भमा र संविधान जारी भए पश्चात भारतले लगाएको नाकाबन्दी र कथित मधेश आन्दोलनलाई परास्त गरि राष्ट्रिय स्वाभिमान रक्षामा एमालेले खेलेको भूमिका , गरिवहरुलाई असाध्य रोगहरुको निशुल्क उपचारको सुविधा, किसानहरुलाई पेन्सन , युवाहरुलाई उद्यमशिल बनाएर स्वदेशमा नै रहने वातावरण बनाउन, दलितहरुलाई स्नातक तहसम्म निशुल्क पढ्न पाउने व्यवस्था लगायतका थुप्रै जनमुखी कार्यक्रम सम्झनुपर्छ । काठमाडौं उपत्यकामा रिंग रोडको विस्तारदेखि ग्रामीण सडक सञ्जाल विस्तारसम्म डोबदेखि मोटर चल्ने बाटो बनाउने अभियान एमाले नेतृत्वमा तीव्र भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा मात्रै हेरौं, नेपाल चीन रेल सम्झौता, ढल्केबर मुजफ्फरपुर प्रसारण लाइन, सामाजिक सुरक्षा कार्यक्रम, गाउँ–गाउँमा इन्टरनेट जस्ता यथार्थपरक योजनाहरू ल्याइएका थिए । यिनै योजनाहरु आज विभिन्न सरकारले निरन्तरता दिइरहेका छन् ।

 

३. एमालेमा विचार छैन, केवल नाराजात्रा मात्रै छ ? एमाले कम्युनिष्ट विचारमा आधारित पार्टी हो, जसले समाजवादको बाटो समातेको छ । हाम्रो विचार ‘समृद्ध नेपाल–सुखी नेपाली’ भन्ने मूल नारामा प्रकट हुन्छ । यो केवल नारा होइन नीति, कार्यक्रम र संरचना निर्माणमा आधारित दृष्टिकोण हो। हामी समाजवाद निर्माणको बाटोमा छौं, जहाँ सबै नागरिकलाई समान अवसर, समान सम्मान र समान पहुँच होस् । वर्गीय, जातीय, लैंगिक, क्षेत्रीय विभेद अन्त्य गर्ने हाम्रो लक्ष्य हो । यस्तो गहिरो विचारसंगत यात्रा कुनै खाली नाराजात्रा होइन ।

 

४. एमाले पार्टीभित्र एकता छैन ? यो पनि एउटा प्रचारात्मक भ्रम हो । लोकतन्त्र भनेको विविध मतहरुबीच संवाद र बहस हो । एमाले भित्र बहस हुन्छ किनभने हामी विचारमा स्पष्ट छौं । हामी नेतालाई मूर्ति होइन जिम्मेवारीका रुपमा हेर्छौं । यही कारणले पनि नेताहरूबीच मतभेद आउन सक्छ तर, मतभेदलाई मेलमिलाप र संगठनको सुदृढीकरणमा रुपान्तरण गर्न सक्ने शक्ति एमालेसँग छ । पार्टीको १० औं महाधिवेशनपछि आएको सांगठनिक एकता, एक व्यक्तित्व र एक जिम्मेवारी जस्ता सिद्धान्तहरुले पार्टीभित्र अनुशासन र एकतालाई थप बलियो बनाउँदै लगेको छ ।

५. एमाले युवा विरोधी पार्टी हो ? वास्तविकता ठीक उल्टो हो । एमाले एकमात्र यस्तो पार्टी हो जसले युवालाई नेतृत्वमा ल्याउने होसला दिँदै आएको छ । हाम्रो पार्टीमा कैयौं युवा नेताहरु सांसद, मन्त्री र नीति निर्माता छन् । युवा संघ, अनेरास्ववियु, अनेम संघ जस्ता संगठित युवा संगठनहरु एमालेले नै बनाएको हो । नेपालको वर्तमान चुनौतिलाई बुझ्ने, नयाँ प्रविधिसँग चल्न सक्ने, उद्यमशीलता र नवप्रवर्तनलाई आत्मसात गर्ने क्षमता भएका युवाहरूलाई एमालेले नेतृत्वमा ल्याउने स्पष्ट योजना बनाएको छ । युवाशक्ति बिनाको देश निर्माण असम्भव छ भन्ने एमालेको विश्वास हो ।

६. पार्टी कार्यकर्ताको उत्साह, एमाले किन आवश्यक छ ? म स्वयं एउटा कार्यकर्ता हुँ । जनताको घर–घरमा पुगेर पार्टीको नीति बुझाउने, समस्यामा साथ दिने र आन्दोलनमा अघि बढ्ने हाम्रो दैनिकी हो । हामीलाई थाहा छ, देशमा समस्या छ–बेरोजगारी, गरिबी र भ्रष्टाचार । तर, यी समस्या समाधान गर्न सक्ने संगठनात्मक संरचना, नेतृत्व, क्षमता र दीर्घकालीन योजना एमालेसँग मात्र छ । तपाई हामीले त सडकमा उभिएर लडेर ल्याएको लोकतन्त्र हो । हाम्रो इतिहास बलिदानको इतिहास हो, चाहे त्यो २०४६ को आन्दोलन होस् या २०६२/०६३ को जनआन्दोलन, एमाले कार्यकर्ता सधैं अगाडि थिए । हामी राजनीतिलाई पेशा होइन सेवा मान्छौं ।

 

 

७. हिजोका गल्ती, भोलिको सुधार हामी नकार्दैनौं, विगतमा कतिपय निर्णयहरू त्रुटीपूर्ण भए होलान् । कतिपय नेताहरूले अपेक्षा अनुसार काम नगरे होलान् । तर, पार्टीले गल्ती स्वीकार्ने, समीक्षा गर्ने र सुधार्ने बाटो अंगालिरहेको छ, यही हाम्रो विशेषता हो । अरू पार्टीहरूमा नेतृत्व आलोचनाको सामना गर्न सक्दैनन् । तर, एमालेभित्र लोकतान्त्रिक अभ्यास सुदृढ हुँदै गएको छ ।

 

८)पार्टीप्रति भरोसा र भविष्य आजको नेपालले स्थायित्व, विकास र समृद्धिको बाटो चाहेको छ । एमालेसँग त्यसको रोडम्याप छ । चाहे त्यो ऊर्जा स्वावलम्बन होस्, कृषि आत्मनिर्भरता होस् वा रोजगार सिर्जना होस् । हरेक क्षेत्रमा एमालेले वैकल्पिक नीतिगत दस्तावेज तयार पारेको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति, शिक्षा र स्वास्थ्यमा राज्यको लगानी बढाउने योजना, गाउँ–नगरको सन्तुलित विकास, यी सबै कार्यक्रम आम जनताले प्रत्यक्ष लाभ लिन सक्ने गरी डिजाइन गरिएका छन् ।

 

अन्त्यमाः
आज हामी एउर्ट युगान्तकारी मोडमा छौं, जहाँ पुराना संरचनाहरू भत्किँदैछन्, नयाँ सोचको आवश्यकता छ । यस्तो बेलामा नेकपा एमाले एउटा पार्टी मात्र होइन, यो जनताको आशाको केन्द्र हो । यहाँ हाम्रा सपना छन्, हाम्रो भविष्य छ । भ्रम फैलाउनेहरू सधैं सक्रिय हुन्छन् । तर हामी सत्यको बाटोमा दृढ छौं । जनताको सेवामा समर्पित एमाले कार्यकर्ताहरूको विश्वास अटल छ–एमाले मात्र होइन, नेपाल पनि अघि बढ्नेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दिल्लीबाट बदलिँदै शक्ति–समीकरण

विश्व अर्थतन्त्रमा शक्ति–सन्तुलन बदलिँदैछ भन्ने बहस नयाँ होइन। तर अहिलेको परिवर्तनलाई केवल चीनको उदय, अमेरिकाको प्रभावमा आएको उतारचढाव वा BRICS को विस्तारबाट मात्र बुझ्न सकिँदैन।

विवादास्पद अभिव्यक्तिपछि उद्योग मन्त्रीको राजीनामा

काठमाडौं,२५ भदौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिनु भएको छ । बिहीबार मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जानकारी

फैसला कार्यान्वयनका लागि नयाँ संरचना र ऐन चाहिन्छ : मन्त्री गौतम

काठमाडौं ,२५ भदौ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतबाट भएका फैसला कार्यान्वयनको अवस्था न्यून हुनु गम्भीर विषय भएको बताउनु भएको छ । उहाँले

बाढीपहिरो प्रभावित क्षेत्रमा प्रभावकारी राहतको खाँचो छ : वासना थापा

काठमाडौं ,२५ भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहतको कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ ।विहीबार

१,३७७ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौँ,२५ भदौ। रसुवा बाढीका कारण हालसम्म १,३७७ जनाको मृत्यु भएको छ भने ५,१३० जना अझै बेपत्ता रहेका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार

महङ्गीले बदल्यो चलन : गहना किन्ने घटे, बेच्ने बढे

काठमाडौं,२५ भदौ । तीज, इन्द्रजात्रा, दशैं र तिहारजस्ता चाड पर्वको मुखमा नेपाली सुनचाँदी बजारमा नयाँ गहना खरिद गर्नेभन्दा पुरानो सुन बिक्री गर्न आउने ग्राहकको संख्या