दमक रथयात्रा

दमकको रथयात्रामा शसस्त्रले सुरक्षा घेरा दिने छ

रथयात्रामा ५० हजार बढि सहभागी हुने आँकलन

दमक, २९ साउन । भदौ १ गते हुने दमक रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।

 

 

दमक रथ यात्रा मुल आयोजक समितीका अध्यक्ष रोहीत आचार्यका अनुसार सबै संघ सस्था तथा समितीहरुलाई पत्रचार गरिसकिएको छ ।

उज्यालो खवरको कार्यक्रम सत्य संवादमा कुराकानी गर्दै उहाँले यो यात्रालाई ऐतिहासीक बनाउने तयारी गरिरहिएको जानकारी दिनुभयो ।

 

 

सुरक्षा लगातयत भीड व्यवस्थापन गर्नकालागी सुरक्षाका निकायहरुसग सहमती भइसकेको छ । रथलाई शशस्त्र प्रहरीको  घेराले सुरक्षा दिने र बाहिरबाट नेपाल प्रहरी र नगर प्रहरीले थप सुरक्षा प्रदान गर्ने गरि तयारी गरिएको छ ।

 

 

दमक नगरपालिका संरक्षक रहेको यो रथयात्रामा ५० हजार बढि सहभागी हुने आँकलन गरिएको छ । ठाउँ ठाउँमा पुष्प गुच्छाले रथलाई स्वागत गर्ने र सामाजीक एकताको सन्देश दिन यो यात्रालाई महत्वपूर्ण मानीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि