बिरुवा वितरण कार्यक्रम

फूलका विरूवा बाँड्दै दमककाे ६ नम्बर वडा

यसअघि पनि दमकका  बिभिन्न संघ सस्थाहरुले   फूलमा आन्मनिर्भर बनाउने भन्दै ठाउँ ठाउँमा फूलका विरुवा रोपेका  थिए ।  दमक नगरपालिकाले पनि फूलमा आत्मनिर्भर बनाउन भन्दै रेडक्रसँगको सहकार्यमा फूलका विरुवा  रोपेको थियो ।

दमक, २९ साउन । तिहारमा फूल अत्यधिक प्रयोग हुन्छ । तर अधिकांश फूल भारतबाट आउने गरेको छ । आन्तरिक उत्पादन कम भएकोले विदेशबाट आयातीत फूलको प्रयोग गर्नुपर्ने बाध्यता छ । तर दमकमा यही बाध्यताको अन्त्य गर्न भन्दै सरकारी पहलमै फूलका विरुवा बाँड्ने  र फूलाउने कामको सुरुवात भएको छ । यो अभियान दमक नगरपालिका वडा नं ६ ले चलाएको हो ।

दमकको वार्ड नं ६ को कार्यालय । बिहिबार दिउँसो दमकबासीले भरी भराउ थियो । फूलका विरुवा लिनेको घुँइयो थियो यहाँ । यो फूलको विरुवा वार्ड कार्यालयले निशुल्क वितरण गरेको हो । नजिकिदै गरेको तिहारलाई लक्षीत गरेर वितरण गरिएको सयपत्री फूलको विरुवा लिन आउनेहरुको भीड हो यो । वार्ड कार्यालयले दमकमा आयातीत फूलकको स्थितीलाई परिवर्तन गर्न भन्दै यसरी निशुल्क फूलका विरुवा वितरण गरेको हो । यही भीडमा भेटिनुभएकी दमक नगरपालिका वार्ड ५ की उषा ओझा सुवेदीले यो काम राम्रो भएको तर यस्ता कामले निरन्तर्ता पाउनेपर्ने कुरामा जोड दिनुभयो ।

यहाँ आउने हरेकलाई १०–१० वटा फूलका विरुवा प्रदान गरिएको थियो । हरेकले लगेर आफ्‌नो घरमा १० वटा विरुवा हुर्काउन सक्ने हो र त्यहाँ राम्रोसग फूल फुलाउन सक्ने हो भने आफुलाई चाहिने फूल आफ्‌नै घरमा हुने भएकोले बजारको भर पर्नु नपर्ने विश्वास  वार्ड कार्यालयको छ । वार्ड अध्यक्ष टेक बहादुर थापा भन्नुहुन्छ सयपत्री फूलमा दमकलाई आत्मनिर्भर बनाउन यसरी फूलका विरुवा वितरण गरिएको हो । यसको सहि सदुपयोग हुन पर्यो ।

यसअघि पनि दमकका  बिभिन्न संघ सस्थाहरुले   फूलमा आन्मनिर्भर बनाउने भन्दै ठाउँ ठाउँमा फूलका विरुवा रोपेका  थिए ।  दमक नगरपालिकाले पनि फूलमा आत्मनिर्भर बनाउन भन्दै रेडक्रसँगको सहकार्यमा फूलका विरुवा  रोपेको थियो । तर, ती फूल कहाँ फूलिरहेका छन् अहिलेसम्म देख्न भने सकिएको छैन । आज दमकको वार्ड ६ ले ५ हजार विरुवा वितरण त गर्यो । लैजानेलेपनि खुव उल्लासमय तरिकाले लगेको पनि देखिएको छ । तर तिहारको समयमा यसरी लैजानेहरुको घरमा फूल फूलेको देख्न चाहि पाइन्छ कि पाइदैन त्यो चाहि हेर्न बाँकी छ । यसरी लगेर रोपेको फूल घर घरमा फूलेको समाचार बनाउन पनि पाइयोस लैजाने र प्रदान गर्ने दुवै पक्षलाई हार्दिक सुभकामना ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य