दमक, ३१ साउन । निजी विद्यालय अहिले देशभरका निजी विद्यालयका सञ्चालकहरु आन्दोलनमा छन । राज्यले छात्राबृद्धिको प्रतिशत र सतप्रतिशत छात्राबृद्धि दिन साथै नाफामुखी नभइ सेवामुखी बन्नुपर्ने भन्दै शिक्षा सम्बन्धीको विधेयक तयार पारिरहेका बेला त्यसको बिरोधमा उनीहरु आन्दोलनमा उत्रीएका हुन ।
यसका क्रममा निजी विद्यालयका सञ्चालकहरुले पालिका, जिल्ला प्रशाषन कार्यालय र कोशी प्रदेशमा मुख्यमन्त्री कार्यालय सम्म आफ्ना असन्तुष्टि सहितको ज्ञापन पत्र बुझाई सकेका छन। अव केन्द्रमा शिक्षा मन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम बाँकी राखीएको छ ।
विद्यालयहरुले विद्यालयनै बन्द गरेर आफुहरु आन्दोलन नगर्ने र यसरीनै औपचारीक ढंगबाट मात्रै आन्दोलन गर्ने निजी विद्यालयका सञ्चालकहरुको संगठन व्याप्सन कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष कोषराज प्याकुरेलले जानकारी दिनुभयो । रेडियो किङ एफ एम तथा उज्यालो खवरको कार्यक्रम सत्य संवादमा कुराकानी गर्दै उहाँले विद्यार्थीको पढ्न पाउने अधिकार रोकर आफुहरु आन्दोलन नगर्ने र राज्यले आफुहरुको मागमा गम्भिरता लिने आफुहरुमा विस्वास रहेको उहाँले बताउनु भयो ।
उहाँसगको कुराकानीको भिडियो लिंक यहाँ राखीएको छ ।









