दमक रथ यात्रा

दमक रथ यात्रामा आज कहाँ कहाँ केके देखियो ? फोटो फिचर

पूर्वको सबैभन्दा दोस्रो ठुलो रथ यात्रा भनीएको दमकको रथ यात्रा सम्पन्न भएको छ । ८ वर्ष अघी मात्रै दमकमा रथ यात्रा मनाउन सुरु भएको भएपनि यसले हरेक वर्ष उल्लासमय सहभागीता जुटाइरहेको छ ।

दमक, भदौ १ । पूर्वको सबैभन्दा दोस्रो ठुलो रथ यात्रा भनीएको दमकको रथ यात्रा सम्पन्न भएको छ । ८ वर्ष अघी मात्रै दमकमा रथ यात्रा मनाउन सुरु भएको भएपनि यसले हरेक वर्ष उल्लासमय सहभागीता जुटाइरहेको छ ।


दमकको वार्ड नं ७ मा अवस्थित राधाकृष्ण मन्दिर अगाडी । भव्य मञ्च स्थापना गरिएको थियो । मञ्च भव्य भएपनि त्यसको ठीक अगाडी बिराजमान गराइएको आकर्षक र भव्य रथमा सबैको नजर परेको देख्न सकिन्थ्यो । जतिबेला आयोजकले यहाँ आरती गरेर त्यसपछि अगाडी बढाउने भनेर घोषणा गरे त्यसपछि आरती कसरी र कस्तो हुन्छ भन्ने नजर सबैकोमा थियो ।यस अघी बिभिन्न विधि पुरा गरि रथमा श्रीकृष्ण भववानलाई बिराजमान गराइएको थियो ।

धार्मीक रुपमा समेत निकै पवित्र मानीने यो रथ यात्रामा सहभागीहरु पनि निकै हौसीएर उत्साहका साथ सहभीता जनाएका थीए । बिभिन्न संघ सस्थाका प्रतिनिधीहरु आ आफ्नो पहिचान सहित उल्लासमय ढंगले रथयात्रामा रमाएको देखिन्थ्यो आफुसग जे छ त्यो नै सहयोग गरेर रथ यात्रामा सबैको सहभागीता देख्न सकिन्यो । यहाँ रङ्ग बिभेद देखिएन । जातीय भाव झल्कीएन । धार्मीक सम्प्रदाय मात्रै समेटिएन । मात्रै सबैमा एकता थियो । सौहर्द देखिन्थ्यो । र कार्यक्रममा सहभागीहरु पनि यसैमा प्रशन्न देखिन्थ्थे ।

यो रथयात्राको सँधै एउटै जोखीम र चुनौती हुन्छ । त्यो हो विद्युत, केवल र इन्टरनेटको तर । यो पटकको रथयात्रामा पनि यो देखीयो । रथयात्रा निस्केको केहि बेरमै निर्माणाधिन दमक सपीङ कम्पेक्लस अगाडी विद्युतको तारमा रथको शिरले स्पर्ष गर्यो र करेण्डको झण्डका लागेको थियो ।यसलाई आयोजकले चुनौतीको रुपमा लिएको छ । र आगामी वर्ष यसलाई व्यवस्थित गर्दै अघी बढ्न यो एउटा पाठ बनेको रथ यात्रा मुल आयोजक समितीका अध्यक्ष रोहीत आचार्यले बताउनु भयो ।

दमक नगरपालिका प्रमुख संरक्षक रहेको यो रथयात्रामा भव्य र सभ्य बनाउने प्रयास नगरको सँधै रहन्छ । यो पटक अघील्ला वर्षको भन्दा सहभागीको भीड केहि सानो देखियो । किनकी दमक सहित आसपासका पालिकामा समेत रथयात्रा निकाल्न थालीयो र त्यसले यहाँ पार्यो । आगामी वर्ष देखी दमकको रथयात्रालाई थप व्यवस्थित र ऐतिहाँसिक बनाउने गरि काम गरिने दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भएको छ ।


कोशी प्रदेशका विभिन्न स्थानमा यो पटक रथ यात्रा भए । खासगरि दक्षीण एसियकै दोस्रो ठुलो रथ यात्रा विराटनगरमा सम्पन्न भएको छ । त्यसैको दाँजोमा पुग्ने गरि दमकको रथयात्रालाई विकास गराउने योजना आयोजकको छ । र प्रदेशभरी आयोजना हुने रथ यात्रा उत्तीकै महत्व बोको र ती सबैमा विभिन्न कोणबाट सहयोग गरिरहिएको कोशी प्रदेश सांसद होम बहादुर थापा बताउनु हुन्छ ।

रथयात्राका क्रममा विभिन्न सहयोगी सस्थाहरुले सेवा गरिरहेका थीए । कहि पानी तथा सर्वत वितरण भएको थियो । कहि फलफूल तथा प्रसाद वितरण भएको थियो भने कहि विस्कुट तथा चकलेट वितरण भइरहेको थियो । अत्याधीक गर्मी भएपनि रथयात्रामा सहभागीको उत्साहले त्यो गर्मीलाई समेत विर्साइदिएको थियो ।

 

 

 

 

 

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि