दमक बालुवाटार जग्गा प्रकरण

गगन पुरी सर्वोेच्च अदालत जाने

रतुवालाई फर्काएपछि निस्किएको जग्गा व्यक्तिको नाममा दर्ता भएको हो ।सुकुम्बासीहरू विस्थापित भएपछि माओवादी नेता गगन पुरीले जग्गा आफ्नो नाममा ल्याई बेचेका थिए ।पुरी र उनको परिवारले आफ्नो नाममा आएको जग्गा केही वर्ष राखेर २०७० को दशकको सुरुवातदेखि धमाधम बिक्री गरेको अभिलेखबाट देखिन्छ ।

दमक| ५ भदौ | दमकको बालुवाटार जग्गा प्रकरणमा बिषेश अदालतले मुख्य दोषी ठहर गरेका अभियूक्त रेवतराज पुरी गगन सर्वोच्च अदालत जाने हुनु भएको छ ।

आज झापाको दमकमा पत्रकार सम्मेलन गर्दै विषेश अदालतले आफ्‌ना विरुद्धमा गरेको फैसाला राजनैतिक प्रतिशोध रहेको भन्दै त्यसमा चीत्त नबुझेर सर्वोच्च जाने जानकारी गराउनु भएको हो ।

उज्यालो खवरले तपाईलाई विषेश अदालतले १ वर्षको जेल र २० लाख जरिवनाको सजाय सुनाइसकेको छ तपाई जेल नगएर यस्तै ढाकछोप गर्दै बस्ने ? भन्ने प्रश्नको जवाफ दिदै पुरीले भन्नु भयो ‘मलाई विषेश अदालतको पूर्ण पाठ प्रकाशन भएको ३५ दिन भित्र फैसालामा चित्त नबुझे सर्वोच्च जाने अधिकार दिएको छ म त्यहि अधिकारको प्रयोग गरेर सर्वोच्च जाने छु ।’ उहाँले जवाफका क्रममा बताउनु भयो ।

यही प्रकृतीका मुद्धामा अन्यलाई सफाई तर गगन पुरी लाइ मात्रै दोषी बनाइनु देखा देखी राजनैतिक प्रतिशोध रहेको उहाँले उल्लेख गर्नु भयो ।

आफुलाई नेकपा एमालेको ओली पक्षको एउटा समुहले राजनैतिक प्रतिशोध साधेका कारण यस खालको फैसाला आएको पनि उहाँले आरोप लगाउनु भएको छ ।

पुरीको मुद्धा के थियो र फैसाला के आएको थियो ?

२०३८ सालको बाढीका कारण विस्थापित भएका सुकुम्बासीहरूको बस्तीको जग्गा माओवादी नेता गगन पुरीको नेतृत्वमा अतिक्रमण भएको थियो । अख्तियारले नापी कार्यालय चन्द्रगढीका १०, मालपोत कार्यालय दमकका ११ अनि नापी कार्यालय दमककै ७ जना कर्मचारी गरी २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 

त्यो जग्गा तहतह गरी विभिन्न व्यक्तिको नाममा दर्ता भएको भन्दै १०८ जना जग्गाधनीलाई ‘जफत’ प्रयोजनका लागि मात्रै मुद्दामा प्रतिवादी बनाएको थियो । पहिलो मुद्दामा कुल १७२ जना प्रतिवादी थिए ।
अख्तियारले ३४ करोड ६६ लाख ५४ हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो ।

 

दमकमा रतुवा खोलाले धार परिवर्तन गर्दा २०३८ सालमा बालुवाको थुप्रो सहित टार बनेको थियो । त्यतिबेला त्यहाँ रहेको सुकुम्बासी बस्ती विस्थापित भएको थियो । पछि रतुवा खोलामा तटबन्ध गरियो । रतुवालाई फर्काएपछि निस्किएको जग्गा व्यक्तिको नाममा दर्ता भएको हो ।सुकुम्बासीहरू विस्थापित भएपछि माओवादी नेता गगन पुरीले जग्गा आफ्नो नाममा ल्याई बेचेका थिए ।पुरी र उनको परिवारले आफ्नो नाममा आएको जग्गा केही वर्ष राखेर २०७० को दशकको सुरुवातदेखि धमाधम बिक्री गरेको अभिलेखबाट देखिन्छ ।

 

उनी र परिवारको नामबाट मात्रै करिब सयपटक भन्दा बढी जग्गा पास भएको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले नापी कार्यालयका आठ जना कर्मचारीलाई पनि भ्रष्टाचारमा संलग्न ठहर गरेको छ। उनीहरूलाई एक वर्षदेखि ३ महिना कैद सजाय र १८ हजारदेखि १८ लाखसम्म बिगो र जरिवाना तिर्न आदेश भएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि