दमक, ८ भदौ । दमक सहित आसपासका क्षेत्रमा यतीबेला यती छिटो छिटो विद्युत काटिने गरेको छ कि त्यो गनि साध्यनै छैन । यसले आम सर्वसाधारणका दैनिक काम र कृयाकलापमा प्रत्यक्ष प्रभाव पारेको छ । अनी कतिपयले भन्ने गरेका छन् यो विद्युत प्राविधिकरणले लोडसेटिङ सुरु गर्यो । लामो अवधि सम्म पनि विद्युत अवरुद्ध भइरहदा आम सर्वसाधरणले लोडसेटिङनै भयो कि भन्ने अनुमान लाउन थालीसकेका छन् । तर दमक स्थित विद्युत प्राधिकरण चाहि यसको खण्डन गर्छ । भन्छ यो कुनैपनि लोडसेटिङ हैन । अहिले एसियन हाईवे बनि रहेको छ त्यो निर्माण गर्दा बिभिन्न विद्युतका पोलहरु सार्नुनपर्ने लगाउत प्राविधिक काम चलीरहेकोले विद्युत अवरुद्ध भएको हो । प्राधिकरणका प्रादेशीक निर्देशक राजीव सिहंले दमकमा पत्रकार सम्मेलन गर्दै भन्नु भयो हामी काम भएका क्षेत्रमा कामको गम्भीरयता हेरेर मात्रै विद्युत अवरुद्ध गरिरहेका हौ । यो हाम्रो बाध्यता हो । रहर हैन । उहाँले दमक क्षेत्र प्रधानमन्त्री केपि शर्मा ओली र भौतीक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल समेतको क्षेत्र रहेकोले ती मन्त्रालयबाट समेत यस क्षेत्रमा विद्युतका कारण धेरै समस्या नपार्न निर्देशन रहेकोले निकै सर्तक रहेको पनि स्पष्टिकरण दिनु भयो ।
यता दमक वितरण केन्द्रका प्रमुख परितोश कुमार चौधरीले दमक क्षेत्रमा दुइवटा फेडर मार्फत विद्युत वितरण हुने गरेको जानकारी दिदै जहिले जुन क्षेत्रमा बढि काम हुन्छ जहाँ विद्युत अवरुद्ध गर्नु पर्ने हो त्यहाँ मात्रै गर्ने गरि सेड्यूल मिलाइरहेको जानकारी दिनु भयो । पाडाजुगी फेडरबाट दमकको पूर्वि क्षेत्र र दमक विद्युत प्राधिकरणको फेडरबाट अन्य क्षेत्रमा विद्युत वितरण हुने छ । र एसियन हाईवेमा काम हुने हुदा यस क्षेत्रका आसपासमा मात्रै विद्युत प्रवाह प्रभावीत हुने उहाँले बताउनु भयो ।
बिहान ६ बजे देखी दिनको ३ बजे सम्म प्रभावित क्षेत्रमा विद्युत अवरुद्ध हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । चार्ड पर्वको अवसरमा मुख्य दिन विद्युत प्रवाह नरोक्ने र अन्य दिन चाहि परिस्थिती बुझिदिन आम उपभोक्तामाझ प्राधिकरणले अनुरोध गरेको छ ।









