तीज बारे सवाल–जवाफ

तीज केन्द्रित अनेकन सवाल जसको जवाफ सुन्नुस कस्तो आयो

‘तीज पछिल्लो समय भडकीलो बन्दै गयो यो निर्मुल पार्न आवश्यक छ । ’

दमक, १० भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ।

 

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।

 

सोही मान्यताअनुसार वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको र पार्वती समस्यामा परेको थाहा पाएपछि साथीले हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए।

 

साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन्। यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको परेकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ।

यो त्यसबेलाको किम्वदन्ती हो । तर अहिले कसरी मनाइएको छ तीज ?
एउटा कुनै भव्य पार्टि प्यालेस वा रेष्टुरेण्ड । अनी वरीपरि साथी सङ्गी उभीएर नाच्न तम तयार भएको समुह । अनी त्यही भीडमा मादक पदार्थको बोतल प्रदर्शन । भारतीय गीत ‘तेरे लिए तेरे लिए तेरे लिए ’…को लयमा लथ हालेर कम्म मकाउँदै नाचीएको नृत्य ।

साडी पहिरिएको छ तर त्यसमाथी लगाइएको चोलीले आदा शरिर त उदाङ्गै देखाइदिएको छ । खुल्ला छ । अनी यसलाई एउटा विद्धत तथा सम्पन्न शाली महिलाहरुले तीजमा गरेको रमाईलो मान्नु भएको छ । तर यसखाले रमाईलेले कस्तो सन्देश दिइरहेको छ ? र समाजलाई कस्तो बन्न प्रोत्साहन गरिरहेको छ ?

 

यसरी समाजलाई नकरात्मक तर्फ लगिरहेको तर्क गर्नु हुन्छ अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष लिला ढुङ्गेल दाहाल । उज्यालो खवरको कार्यक्रम सत्य संवादमा कुरा गर्दै उहाँले भन्नु भयो ‘तीज पछिल्लो समय भडकीलो बन्दै गयो यो निर्मुल पार्न आवश्यक छ । ’ त्यसकालागी के गर्ने ? भनेर सोधिएको प्रश्नमा उहाँ भन्नु हुन्छ ‘सचेतनाका कार्यक्रम गर्ने । अचेत समुहले गरेको हर्कत हो र त्यो ? प्रति प्रश्नमा उहाँको जवाफ छ ‘वर्ग र चेत अनुसारका कार्यक्रम गरिन आवश्यक छ अवको हाम्रो कार्यक्रम त्यसततर्फ केन्द्रित रहने छ ।’

उहाँसगको संवाद तलको लिंकमा राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि