शिक्षा विधेयक संसोधनको माग

शिक्षा बाहेकमा पनि व्यापार गरिरहेका निजी विद्यालयका यी माग राज्यले पुरा गरिदिन पर्ने

आन्दोलनमा सहभागी निजी विद्यालयका सञ्चालकहरुले संसोधन नभए आफ्‌ना कार्यक्रमलाई शशक्त बनाउने भन्दै सरकारलाई चेतावनी पनि दिइरहेका छन् ।

 

दमक, ११ भदौ । निजी विद्यालयमा विद्यार्थी पढाएको पैसा तिर्नु पर्छ त्यो सर्वमान्य सत्य हो । विद्यालय भर्ना शुल्क, मासिक शुल्क र परिक्षा शुल्क तिर्र्नैै पर्छ । तर यो देखी बाहेक पोषाक तोकीएकै पसलमा किन्नु पर्ने, तोकिएकै टेलर्समा सिलाउनु पर्ने, बार अनुसारका फरक फरक पोषाक अनिर्वाय लगाउनु पर्ने, विद्यालयले भनेकै प्रकाशननको पुस्तक हरेक वर्ष किन्नै पर्ने, विद्यालयको लोगो छापिएको कापी विद्यालयबाटै किन्नु पर्ने, टाई र बेल्टको त कुरै छाडौ ।

 

यो देखि बाहेक पनि अन्य धेरै अतिरिक्त काममा अतिरिक्त खर्च गराउन निजि विद्यालयहरु चण्डाल छन् भनेर सामाजीक सञ्जलमा आलोचना खेपिरहेका छन् । यती मात्रै नभएर महगो शुल्क लिने, अनी केहि संख्यामा विप्पन्न र जेहेन्दार विद्यार्थी पढाइदिनु पर्यो भन्दै राज्यले निती बनाउदा त्यो त सकिदैन भन्ने ।

 

अनी शिक्षामा अचाक्ली नाफा गरियो। यसलाई नाफा कम, सेवा बढि बनाएर नाफा कमाउने हैन सेवा गर्ने सस्था बनौ भन्दा त्यसरी त हाम्रो लगानीको औचीत्य नै सकिन्छ नी भन्दै तर्किने ।

 

सरकारले अहिले शिक्षा ऐन बनाउनकालागि भनेर शिक्षा बिधेयक ल्याइरहेको छ । अहिले संसदमा पेष भएको सो विधेयकले निजी विद्यालयलाई बन्द गर्ने पाटो तर्फ लगेको भन्दै त्यसको संसोधन हुनुपर्ने भन्दै आन्दोलन भइरहेको छ ।

 

आन्दोलनमा सहभागी निजी विद्यालयका सञ्चालकहरुले संसोधन नभए आफ्‌ना कार्यक्रमलाई शशक्त बनाउने भन्दै सरकारलाई चेतावनी पनि दिइरहेका छन् । खासमा यो आन्दोलनको तत्पर्य के हो ? भन्नेबारेमा उज्यालो खवरको कार्यक्रम सत्य संवादमा नेशनल प्यावसनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष जय श्रेष्ठसग अनेकन सवाल जवाफ भएका छन् । जसको भिडियोको लिंक यहाँ राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत