अपराधी पक्राउ

झापामा शंकास्पद वस्तु राखी डर देखाउने गिरोह पक्राउ  ( पहिचान सहित )

 

 

विर्तामोड,   हिन्दु राष्ट्र र संघीयता खारेजीको वकालत गर्दै झापामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु राख्ने गिरोहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागूऔषध र ठगीसम्बन्धी कसूरका प्रतिवादीहरु पनि छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता एवं डीएसपी वसन्त पाठकका अनुसार घटनाका मुख्य योजनाकार गौरादह–२ का सुमनकुमार कार्की ठेक्कापट्टामा संलग्न व्यक्ति हुन् । उनलाई प्रहरीले ‘हिमाल सुरक्षा परिषद्’ नामको पर्चा, पम्प्लेटसहितका सामग्रीसहित भारतबाट पक्राउ गरी ल्याएको हो ।

‘उनी वैदेशिक रोजगारी सम्बन्धी ठगीमा पक्राउ परिसकेका व्यक्ति हुन्’ पाठकले बिहीबार विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘११ साउन २०७८ मा उनको घरबाट इलाका प्रहरी कार्यालय, दमकले ३० ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको थियो, त्यसमा पनि उनी फरार थिए ।’ प्रहरीका अनुसार लागूऔषध मुद्दामा पनि उनीविरुद्ध वारेन्ट जारी भइसकेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा कनकाई नगरपालिका–३ का मजदुर ४१ वर्षीय भीष्म थापा, दमक–९, चिया दोकान चोककी ५० वर्षीया देवी बाँस्कोटा गुरागाईं, कनकाई नगरपालिका–३ का कुमार भनिने यमदत्त सिटौला र शिवसताक्षी नगरपालिका–१ का ३२ वर्षीय सरुण लिम्बु भन्ने दिलकुमार सामेखामलाई पनि पक्राउ गरेको छ ।

संखुवासभाका २९ वर्षीय मनमोहन दाहाल, गौरीगञ्ज–३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादहका ३३ वर्षीय प्रदीप थापा र गौरीगञ्ज .–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई पनि पक्राउ परेका छन् ।

मोटरसाइकलको प्रलोभनमा शंकास्पद वस्तु राखेपछि

डीएसपी पाठकका अनुसार विर्तामोडमा शंकास्पद वस्तु राख्न कनकाई नगरपालिकाका थापा संलग्न देखिएका थिए ।

पेशाले ट्युबेल गाड्ने मजदुर उनी मोटरसाइकल पाउने आशमा ९ माघमा प्रेसर कुकर बोकेर विर्तामोड बस स्ट्याण्डमा पुगेका थिए । ‘बिहान ३ बजे नै उनले सुरुङ्गाको चारआली चोकबाट शंकास्पद वस्तु र पर्चा ल्याएका रहेछन्’ पाठकले भने ।

कोटीहोमका पुजारी सिटौलाले कनकाई नगरपालिकाका थापालाई प्रेसर कुकर राख्न अह्राएका थिए । सिटौला ग्रेटर नेपालको माग राखी शंकास्पद वस्तु प्रेसर कुकर राखेको अभियोगमा यसअघि नै पक्राउ परिसकेका व्यक्ति हुन् ।

पक्राउ परेका मध्ये देवी बाँस्कोटा कार्कीका मुख्य सहयोगी हुन् । प्रहरीका अनुसार बाँस्कोटाले झापाको विभिन्न ठाउँमा शंकास्पद वस्तु राख्न केर्खा चोकबाट ४ वटा प्रेसर कुकर खरिद गरेकी थिइन् । उनी चन्दा संकलन गर्ने कार्यमा पनि संलग्न रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका मध्ये सरुण लिम्बु यसअघि लागूऔषध मुद्दामा ५ वर्ष कैद सजाय पाइ कारागारबाट छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ । उनले ‘हिमाल सुरक्षा परिषद्’ नामक समूहको गतिविधिका लागि झापा र मोरङका विभिन्न स्थानबाट चन्दा संकलन गर्दै आएको प्रहरीले जनाएको छ ।

झापाको बिर्तामोडमा माघ ९गते र दमकमा माघ १३ गते विष्फोटक पदार्थ राखेका थिए । विष्फोटक पदार्थसँगै हिमाल सुरक्षा परिषद्को नाममा एउटा पर्चा बरामद भएको थियो ।

पर्चामा हिन्दु राष्ट्र स्थापना हुनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, एमसीसी सम्झौता खारेज हुनुपर्ने लगायतका माग उल्लेख गरिएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ ,५ असोज। झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई

सरकराले बेलिब्रिजबारे एआई नक्सा बनाएर हल्ला फैलायो : ओली

काठमाडौं ,५ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले अनुशासनमा एमाले पार्टी सबैभन्दा कमजोर रहेको स्वीकार गर्नुभयो । सोमबार एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई

गुडिरहेको बसमा आगलागी ,चालकको उपचार हुँदै

काठमाडौं ,५ असोज। काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि रिद्धिसीद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको छ । सोमबार दिउँसो साढे १२

न्युयोर्क । एनभिडियाका मुख्य कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले आगामी दशकभित्रै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानव जातिको अस्तित्व समाप्त पार्न सक्ने चेतावनीलाई भ्रामक र काल्पनिक

यात्रुवाहक बसमा आगलागी

काठमान्डौ,५ असोज । काठमाडौँको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैको सडकमा यात्रुवाहक बसमा आगलागी भएको हो । घटनाबारे थप विवरण