झापामा एक वर्षमा ९७ किलोमिटर सडक निर्माण, स्वास्स्थ्यमा के छ प्रगती ?

दमक, १८ भदौ । झापाका कुन पालिका र कुन कार्यालयहरुले के कस्ता काम गरिरहेका छन? सबैले वार्षिक रुपमा प्रतिवेदन बनाउँछन नै । अनी आफ्नो तालुकदार निकायमा पेष गर्छन । तर त्यहाँ भित्रैपनि भएका असल अभ्यास र नमुना कामबारेमा धेरैलाई पत्तै हुँदैन । यही भएर जिल्ला समन्वय समिती झापाले यसबारेमा बृहत कार्यक्रम आयोजना गर्यो । तीन दिन सम्म लगातार गरि जिल्लामा रहेका १५ वटै पालिका, जिल्लामा रहेका प्रदेश र संघीय सरकार मातहतका कार्यालयका प्रमुख वा प्रतिनिधीहरुलाई भेला पार्यो । अनी कसले केके गरेका छन् र अव के गर्न बाँकी छ , के कस्ता समस्या र चुनौतीको सामना गरिरहनु परेको छ भन्नेबारेमा खुलेर छलफल भए । छलफलमा तीन दिन नै प्रदेशका बिभिन्न मन्त्रीहरुको उपस्थिती रह्यो । संघ र प्रदेशका सांसदहरुले पनि कार्यक्रममा बसेर जिल्लाको अवस्थाबारेमा जान्ने मौका पाए । यही क्रममा बुधबार भएको कार्यक्रममा सडक डिभिजन कार्यालय दमक झापाका इन्जिनियर उज्वल खतिवडाले झापामा यो वर्ष ९७ किलो मिटर सडक निर्माण भएको तथ्यांक प्रस्तुत गर्नुभयो ।

 

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बारकोटी आफुहरुले अहिले स्वास्थ्य प्रर्वधन कार्यक्रम, जनस्वास्थ्यका कार्यक्रम साथै रोग प्रतिरोधात्मक कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।

 

सबै कार्यालयहरुको रिपोर्टहरु हेर्दा जिल्लामा केहि न केहि त भइनै रहेको रहेछ । सडक बन्दै नै रहेछन । किसानसँग सरकारका कार्यक्रम पुगीरहेका रहेछन । शिक्षा र स्वास्थ्यमा पनि गतिविधि भएकै रहेछन् । तर यहाँ केहि पनि भएको छैन । काम नै देखिएन भन्ने भाष्य निर्माण गरिएको कोशी प्रदेशका खानेपानी मन्त्री एकराज कार्कीले बताउनु भयो

। तर सरकारले बनाएको कार्यक्रम र बजेट अझैपनि सहि ढंगले कार्यान्वायन भएको र यसभीत्र अझै कमी कमजोरी रहेको मन्त्री कार्कीले स्विकार गर्नु भयो । ती कुराहरुलाई सुधार गरेर जाने हो भने देश बन्ने उहाँले धारणा राख्नु भयो ।

जिल्ला समन्वय समिती झापाका प्रमुख विश्नाथ बरालले यो कार्यक्रमबाट कहाँ कस्तो भएको रहेछ र अव अझ कसरी काम गर्दा अझ राम्रो परिणाम निस्कने रहेछ भन्ने कुराको निक्यौैल समेत गरेको उल्लेख गर्नु भयो । अव पालिका सरकारले गर्ने कामहरुमा राजनैतिक नेतृत्वले कसरी सहयोग गर्ने, प्रदेश र संघबाट आउने बजेट कार्यान्वायनको प्रभावकारी कसरी बनाउने र मातहतका जिल्ला कार्यालयहरु कस्ता चुनौती र समस्याका साथ सञ्चालन भइरहेका छन् भन्नेबारेमा बृहत छलफल भएको र खासगरी प्रदेशका मन्त्रीज्यूहरुको गम्भिर ध्यानाकष्र्णण भएको उहाँले विस्वास व्यक्त गर्नुभयो ।

 

सोमबार देखी सञ्चालन भएको यो कार्यक्रम बुधबार सम्पन्न भएको थियो । यसमा जिल्लाका सबै खाले सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो । निकै महत्वपूर्ण कार्यक्रम भएपनि राजनैतिक दलको उपस्थिती भने कमजोर देखिएको थियो । प्रदेश र संघीय सांसदहको उपस्थिती न्यून थियो । पालिकाका जनप्रतिनिधीहरुको पनि उपस्थिती दुर्लभनै देखिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि