झापाका कुन कार्यालयको प्रगती कस्तो ? सुधार गर्नै पर्ने आवश्यकता कति ?

दमक, १८ भदौ । गौरादह नगरपालिकाका आठौ तहका अधिकृत नरेश कट्टेल । आफ्नो पालिकाको वित्तिय अवस्था, प्रप्त भएका अनुदान तथा बनेको बजेटको कार्यान्वायन अवस्था कस्तो छ भन्नेबारेमा जानकारी दिनुहुदै थियो ।
जिल्ला समन्वय समितीको सभाहलमा मंगलबार भएको कार्यक्रममा जिल्लाका बिभिन्न पालिकाका प्रतिनिधीहरुले प्रस्तुती दिएका थीए भने जिल्ला स्थित कार्यालयहरुले पनि सोहि अनुसारका प्रगती प्रतिवेदन पेष गरेका थीए । प्रतिवेदनसगै कार्यक्रममा सहभागीहरुले केहि प्रश्न पनि उठाएका थीए । यही क्रममा कार्यक्रममा सहभागी तुलसा काफ्ले बरालले भद्रपुर स्थित मेची प्रादेशीक अस्पतालको सेवा र गुणस्तरका बारेमा प्रश्न उठाउनु भयो । उहाँले भन्नु भयो ‘क्लिनर’ले समेतले बिरामीलाई ‘इन्जिेक्सन’ लगाइदिने अवस्था कसरी बन्यो ? मानीसको स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा यस्तो हेलचेक्राई नहोस । सुधार गरेर जाउ । परिवर्तन हाम्रै पालामा होस ।

 

यसको जवाफ दिदै प्रादेशीक अस्पताल भद्रपुरका प्रमुख डा. सन्जय कुमार गुप्ताले अस्पतालमा जनशक्तिको अभावले कस्तो सम्मको अवस्था छ भन्नेबारेमा अवगत गराउन खोजेको भन्दै भन्नु भयो ‘हामी निकै चुनौती र अभावमा काम गरेका छौ । त्यसमाथी बेला बेला राजनैतिक प्रेसर पनि आउँछ । यस प्रश्नकर्ताले बुझाईमा कमजोरी राखेर प्रश्न गरेको भन्दै डा. गुप्ताले भन्नुभयो अझ तालिम प्राप्त जनशक्तिको अवाव छ भनेको हो । यसको मतलव केहि छैन भनेको हैन ।

 

बिभिन्न पालिका तथा कार्यालयका प्रमुखहरुले आ आफ्नो प्रेजेण्टेसन देखाउने क्रममा कमल गाउँपालिकाका प्रमुख प्रशाषकीय अधिकृत केशव कुमार ढकालले पनि आफ्नो पालिकाको बारेमा जिल्लाको मञ्चमा राख्नु भयो । आनलाई मार्फत यहाँको सेवा प्रवाह भएको बताउँदै गाउँपालिकाको बित्तिय अवस्थाको बारेमा पनि जानकारी गराउनु भएको थियो ।

 

यसै गरी बिर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालयले पनि आफ्नो प्रगती विवरण सो कार्यक्रममा प्रस्तुत गरेको थियो । कार्यालका प्रमुख प्रेम प्रसाद सापकोटाले प्रगती विवरण सुनाउँदै आफ्ना समस्या र अभाव बारेमा पनि राख्नु भयो । सेवाग्राहिको अत्याधीक भीड बढ्ने र कर्मचारीहरुले बिहान ८ बजेदेखी राती ९ बजे सम्म काम गर्नुपरेको दुखेसो सुनाउनु भयो । कर्मचारीको कहाँ कति चाइएको छ भन्नेबारेमा लिखित जानकारी बिभागीय मन्त्रालयमा उपलब्ध गराइसकेकाले सोको सम्बोेधन हुने अपेक्षा कार्यालयका प्रमुख सापकोटाको रहेको छ ।

 

जिल्लामा रहेका कुन कार्यालयहरु कसरी चलीरहेका छन? स्थानीय तहहरुको कार्य सम्पादन कस्तो छ ? सबैलाई एउटै मञ्चमा राखेर जिल्ला समन्वय समिती झापाले यो कार्यक्रम गरेको हो । असल अभ्यासको आदान प्रदान होस र अन्तर पालिका तथा कार्यालयहरु बिचको सम्बन्धपनि सुमधुर बनोस भन्नका लागी समेत यो कार्यक्रम महत्वपूर्ण भएको बिस्वास गरिएको छ । कोशी प्रदेशका राज्यमन्त्री भूमि प्रसाद राजबंशीको प्रमुख आतिथ्यतामा सम्पन्न मंगलबारको कार्यक्रममा समितीका प्रमुख बिस्वरनाथग बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि