नगरपालिका भन्छ चाँडै मर्मत गछौ

दमकका भित्री सडकमा अत्याधिक खाल्डाखुल्डी, यात्रुहरुका लागि पासो बन्दै

यसबाट अकल्पनीय क्षति हुन नदिन नगरले अन्य विकल्पका उपाय दिन आवश्यक छ ।

दमक, १९ भदौ ।दमकका चिल्ला र फराकिला सडक । दमकको खास पहिचान हो । तर अव थियो भन्नु पर्छ । किनकी त्यस्ता चिल्ला सडक खोज्दा पनि भेट्न मुस्किल छ । भेटिहाल्यो भने भ्वाङ परेका सडक । जहाँ कतिबेला कस्को  मोटरसाईल वा सवारी साधन पस्छ र दुर्घटना हुन्छ भन्ने पर्खाइमा मात्रै छ । बडेमान यी खाल्डा जुन यी सडक भएर हिड्ने जो कोहिकालागी पासो बनिरहेको छ । दुर्घटनाको अत्याधीक जोखिम बढाइरहेको छ । कयौ पटक त यीनै खाल्डामा पासोमा माछो परेजस्तै गरि यात्रुहरु लडेका छन् । चोट लागेको छ।

 

दमक बसर्पाक अगाडिको सडकमा खाल्डो खनेर दुई वर्ष देखि अलपत्र छोडीएको छ । यसैका कारण साना सवारी साधन पल्टेका छन् । यात्रु र चालक घाईते भएका छन् । जसको प्रत्यक्ष दर्शी स्थानीयहरु छन् । यस्ता पासो थापीएका खाल्डहरु पुर्न र मर्मत गरिदिन बारम्बार पहल गर्दा पनि स्थानीय जनप्रतिनिधीहरुले टेर पुच्छर नलगाएको गुनासो गर्नु हुन्छ यही ठाउँमा व्यवसाय गर्दै आउनु भएका स्थानीयासी बुद्धिमान बिष्ट ।

 

 

यहाँ मात्रै हैन । बजार क्षेत्रका सडक पनि खाल्डा खुल्डी कारण उस्तै जोखिममा छन् । दमकको प्रमुख प्रशाषनीक भवन नगरपाकिलाको कार्यालय जाने बाटोनै खाल्डै खाल्डा भएका कारण दुर्घटनाको कारक बन्दै छ । दमकमा सिटि सफारी सञ्चालन गरिरहनु भएका हरि बास्कोटाका अनुसार पछिल्लो समय दमकका सडकहरुमा खाल्डाहरु निकै धेरै छन् । खाल्डा नभएको कुनै सडक नै छैन । यसको चाँडै मर्मत गरेर सहज आवागमनको अवस्था बनाइदियोस ।

 

 

दमक नगरपालिकाले पूर्वाधार मर्मत भन्दै हरेक सिटि सफारी तथा अन्य चार पाङ्ग्रे गाडीबाट वार्षिक कर लिने गरेको छ । वर्षमा करिव २ करोड हाराहारीमा संकलन गरिने यो कर यस्तै सडक मर्मत गर्नमा खर्च गरिन पर्ने हो । तर त्यो भएको पाइएको छैन । अझ अहिले त नगरपालिकालाई जवाफ दिन सजिलो छ । यहाँ सिफेज ढल निर्माणको काम चलीरहेको छ । यसले पूर्ण रुपमा बनाइनसके सम्म हामीले काम गर्नैै मिल्दैन । अनी एसियन हाईवे निर्माणको कामले गर्दा पनि भनेजस्तो काम गर्न पाइएको छैन । नगरपालिकाको पूर्वाधार विकास समितीका अध्यक्ष तथा दमक नगरपालका वार्ड ७ का वार्ड अध्यक्ष भीम पौडेल ।

 

चार्डपर्व आइरहेको छ । देश तथा विदेशबाट पाहुनाहरु दमक नगर आउने छन् । तर दमक आउनेहरुले पहिलो पाइला राख्ने सडकको अवस्था यस्तै भइदिए दमकको मान र प्रतिस्ठा कस्तो होला ? समन्वय र सहकार्य गरेर दमकका यी खाल्डा खुल्डीको मर्मत नगर्ने हो भने यसले अझ दुर्घटना बढाउने र जोखिम मोल्न स्थानीयहरु बाध्य हुने छन् । यसको क्षती अकल्पनीय हुने निश्चित छ । कि त त्यस्तो हुन नदिन नगरले अन्य विकल्पका उपाय दिन आवश्यक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि