नगरपालिका भन्छ चाँडै मर्मत गछौ

दमकका भित्री सडकमा अत्याधिक खाल्डाखुल्डी, यात्रुहरुका लागि पासो बन्दै

यसबाट अकल्पनीय क्षति हुन नदिन नगरले अन्य विकल्पका उपाय दिन आवश्यक छ ।

दमक, १९ भदौ ।दमकका चिल्ला र फराकिला सडक । दमकको खास पहिचान हो । तर अव थियो भन्नु पर्छ । किनकी त्यस्ता चिल्ला सडक खोज्दा पनि भेट्न मुस्किल छ । भेटिहाल्यो भने भ्वाङ परेका सडक । जहाँ कतिबेला कस्को  मोटरसाईल वा सवारी साधन पस्छ र दुर्घटना हुन्छ भन्ने पर्खाइमा मात्रै छ । बडेमान यी खाल्डा जुन यी सडक भएर हिड्ने जो कोहिकालागी पासो बनिरहेको छ । दुर्घटनाको अत्याधीक जोखिम बढाइरहेको छ । कयौ पटक त यीनै खाल्डामा पासोमा माछो परेजस्तै गरि यात्रुहरु लडेका छन् । चोट लागेको छ।

 

दमक बसर्पाक अगाडिको सडकमा खाल्डो खनेर दुई वर्ष देखि अलपत्र छोडीएको छ । यसैका कारण साना सवारी साधन पल्टेका छन् । यात्रु र चालक घाईते भएका छन् । जसको प्रत्यक्ष दर्शी स्थानीयहरु छन् । यस्ता पासो थापीएका खाल्डहरु पुर्न र मर्मत गरिदिन बारम्बार पहल गर्दा पनि स्थानीय जनप्रतिनिधीहरुले टेर पुच्छर नलगाएको गुनासो गर्नु हुन्छ यही ठाउँमा व्यवसाय गर्दै आउनु भएका स्थानीयासी बुद्धिमान बिष्ट ।

 

 

यहाँ मात्रै हैन । बजार क्षेत्रका सडक पनि खाल्डा खुल्डी कारण उस्तै जोखिममा छन् । दमकको प्रमुख प्रशाषनीक भवन नगरपाकिलाको कार्यालय जाने बाटोनै खाल्डै खाल्डा भएका कारण दुर्घटनाको कारक बन्दै छ । दमकमा सिटि सफारी सञ्चालन गरिरहनु भएका हरि बास्कोटाका अनुसार पछिल्लो समय दमकका सडकहरुमा खाल्डाहरु निकै धेरै छन् । खाल्डा नभएको कुनै सडक नै छैन । यसको चाँडै मर्मत गरेर सहज आवागमनको अवस्था बनाइदियोस ।

 

 

दमक नगरपालिकाले पूर्वाधार मर्मत भन्दै हरेक सिटि सफारी तथा अन्य चार पाङ्ग्रे गाडीबाट वार्षिक कर लिने गरेको छ । वर्षमा करिव २ करोड हाराहारीमा संकलन गरिने यो कर यस्तै सडक मर्मत गर्नमा खर्च गरिन पर्ने हो । तर त्यो भएको पाइएको छैन । अझ अहिले त नगरपालिकालाई जवाफ दिन सजिलो छ । यहाँ सिफेज ढल निर्माणको काम चलीरहेको छ । यसले पूर्ण रुपमा बनाइनसके सम्म हामीले काम गर्नैै मिल्दैन । अनी एसियन हाईवे निर्माणको कामले गर्दा पनि भनेजस्तो काम गर्न पाइएको छैन । नगरपालिकाको पूर्वाधार विकास समितीका अध्यक्ष तथा दमक नगरपालका वार्ड ७ का वार्ड अध्यक्ष भीम पौडेल ।

 

चार्डपर्व आइरहेको छ । देश तथा विदेशबाट पाहुनाहरु दमक नगर आउने छन् । तर दमक आउनेहरुले पहिलो पाइला राख्ने सडकको अवस्था यस्तै भइदिए दमकको मान र प्रतिस्ठा कस्तो होला ? समन्वय र सहकार्य गरेर दमकका यी खाल्डा खुल्डीको मर्मत नगर्ने हो भने यसले अझ दुर्घटना बढाउने र जोखिम मोल्न स्थानीयहरु बाध्य हुने छन् । यसको क्षती अकल्पनीय हुने निश्चित छ । कि त त्यस्तो हुन नदिन नगरले अन्य विकल्पका उपाय दिन आवश्यक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका