जेनजी आन्दोलनमा घूसपैठ

जेनजी आन्दोलनबारे मानव अधिकारवादी र पार्टीका प्रतिनिधि के भन्छन् ?

आफ्‌ना आक्रोस शान्त्तीपूर्ण तरिकाले प्रस्तुत गरिरहदा प्रहरीले निर्मम बनेर आन्दोलको पहिलो दिननै यसरी दर्जन बढि आन्दोलनकारीको मृत्यू हुने गरी दमन गर्नु सरकारको क्रुरतापन

दमक, २३ भदौ । दमक सहित देशभर अहिले पनि जेन जी समुहको आन्दोलन जारी छ । नेता भ्रष्ट भए । सरकारी संयन्त्रको काम प्रभावकारी भएन । हरेक ठाउँमा घुस तथा कमिसन बाहेक केहि पनि काम हुँदैन । भन्ने मुल कुरालाई खास मुद्धा बनाएर देशव्यापी आन्दोलन गरेका छन् । उनीहरुको आन्दोलन कुनै राजनैतिक दलको झण्डा मुनी र संगठनको ओतबाट सुरु भएको थीएन । र हैन पनि । तर बिचमा जेन जी बाहेक अन्य समुहको पनि घुसपेट भयो र आन्दोलन हिंस्रक बनेको जेन जी समुहकै प्रतिकृया छ ।यसबारेमा दमकका राजनैतिक दलका नेता तथा मानव अधिकारवादिको प्रतिकृया उज्यालो खवरले बुझ्‌ने प्रयास गरेको छ ।

 

यसबारेमा प्रतिकृया दिदै माओवादी केन्द्र दमकका अध्यक्ष रवी बस्नेत भन्नु हुन्छ राजनैतिक दलका शिर्षस्त नेताहरुको गलत हर्कत र सरकारका गतिविधिमाथी यूवा पुस्ताको आक्रोसको प्रर्दशनका रुपमा यसलाई लिनु भएको छ । तर आफ्‌ना आक्रोस शान्त्तीपूर्ण तरिकाले प्रस्तुत गरिरहदा प्रहरीले निर्मम बनेर आन्दोलको पहिलो दिननै यसरी दर्जन बढि आन्दोलनकारीको मृत्यू हुने गरी दमन गर्नु सरकारको क्रुरतापन रहेको उहाँको तर्क छ ।

 

यस्तै नेपाली काग्रेस झापाका उप –सभापति शेर बहादुर भट्टराई जेन जीको आन्दोलनको खास कारण सामाजीक सञ्जाल बन्द गर्ने सरकारको निर्णयका विरुद्धमा रहेको बताउनु हुन्छ । सरकारले यो निर्णयलाई फिर्ता लिएर स्थितीलाई सामान्य बनाउन उहाँको सुझाव छ ।

 

यता मानव अधिकारीवादीहरुले भने यसलाई शान्त्तीपूर्ण आन्दोलनको स्वागत गर्ने तर घुसपेठ भएर घटना हिंस्रक बन्नु चाहि दुखद रहेको नेपाल मानव अधिकार संगठनका केन्द्रिय उपाध्यक्ष डा. केपि सुवेदीको प्रतिकृया छ । उहाँले भन्नु भयो यो घटना किन र कसरी सिर्जना भयो ? यसको सत्य तथ्य अनुसन्धान गर्न प्रहरी प्रशाषनसग उहाँले अनुरोध गर्नु भएको छ ।

 

यता सुरक्षाका तीन नियकायका प्रमुखले गृहमन्त्री रमेश लेखकसमक्ष जेनजी आन्दोलनमा आपराधिक जत्थाको घूसपैठ भएको र तिनैले ताण्डव मच्चाउँदा हिंसात्मक रुप लिएको ब्रिफिङ गरेका छन् ।

 

ब्रिफिङमा नेपाल प्रहरीका आईजी चन्द्रकुवेर खापुङ, सशस्त्र आईजी राजु अर्याल र राष्ट्रय अनुसन्धान विभागका प्रमुख हुतराज थापा उपस्थिती हुनुहुन्थ्यो । जेन जी प्रदर्शनका आयोजकले व्यक्त गरेको प्रतिवद्धताप्रति ढुक्क हुँदा र उनीहरुको नाममा अन्य समूहको घूसपैठ भएको कुराको पूर्वअनुमान गर्न नसक्दा सोमबार हिंसात्मक भएको उहाँहरुले गृहमन्त्री लेखकलाई रिपोर्टीङ गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको