जेनजी आन्दोलनमा घूसपैठ

जेनजी आन्दोलनबारे मानव अधिकारवादी र पार्टीका प्रतिनिधि के भन्छन् ?

आफ्‌ना आक्रोस शान्त्तीपूर्ण तरिकाले प्रस्तुत गरिरहदा प्रहरीले निर्मम बनेर आन्दोलको पहिलो दिननै यसरी दर्जन बढि आन्दोलनकारीको मृत्यू हुने गरी दमन गर्नु सरकारको क्रुरतापन

दमक, २३ भदौ । दमक सहित देशभर अहिले पनि जेन जी समुहको आन्दोलन जारी छ । नेता भ्रष्ट भए । सरकारी संयन्त्रको काम प्रभावकारी भएन । हरेक ठाउँमा घुस तथा कमिसन बाहेक केहि पनि काम हुँदैन । भन्ने मुल कुरालाई खास मुद्धा बनाएर देशव्यापी आन्दोलन गरेका छन् । उनीहरुको आन्दोलन कुनै राजनैतिक दलको झण्डा मुनी र संगठनको ओतबाट सुरु भएको थीएन । र हैन पनि । तर बिचमा जेन जी बाहेक अन्य समुहको पनि घुसपेट भयो र आन्दोलन हिंस्रक बनेको जेन जी समुहकै प्रतिकृया छ ।यसबारेमा दमकका राजनैतिक दलका नेता तथा मानव अधिकारवादिको प्रतिकृया उज्यालो खवरले बुझ्‌ने प्रयास गरेको छ ।

 

यसबारेमा प्रतिकृया दिदै माओवादी केन्द्र दमकका अध्यक्ष रवी बस्नेत भन्नु हुन्छ राजनैतिक दलका शिर्षस्त नेताहरुको गलत हर्कत र सरकारका गतिविधिमाथी यूवा पुस्ताको आक्रोसको प्रर्दशनका रुपमा यसलाई लिनु भएको छ । तर आफ्‌ना आक्रोस शान्त्तीपूर्ण तरिकाले प्रस्तुत गरिरहदा प्रहरीले निर्मम बनेर आन्दोलको पहिलो दिननै यसरी दर्जन बढि आन्दोलनकारीको मृत्यू हुने गरी दमन गर्नु सरकारको क्रुरतापन रहेको उहाँको तर्क छ ।

 

यस्तै नेपाली काग्रेस झापाका उप –सभापति शेर बहादुर भट्टराई जेन जीको आन्दोलनको खास कारण सामाजीक सञ्जाल बन्द गर्ने सरकारको निर्णयका विरुद्धमा रहेको बताउनु हुन्छ । सरकारले यो निर्णयलाई फिर्ता लिएर स्थितीलाई सामान्य बनाउन उहाँको सुझाव छ ।

 

यता मानव अधिकारीवादीहरुले भने यसलाई शान्त्तीपूर्ण आन्दोलनको स्वागत गर्ने तर घुसपेठ भएर घटना हिंस्रक बन्नु चाहि दुखद रहेको नेपाल मानव अधिकार संगठनका केन्द्रिय उपाध्यक्ष डा. केपि सुवेदीको प्रतिकृया छ । उहाँले भन्नु भयो यो घटना किन र कसरी सिर्जना भयो ? यसको सत्य तथ्य अनुसन्धान गर्न प्रहरी प्रशाषनसग उहाँले अनुरोध गर्नु भएको छ ।

 

यता सुरक्षाका तीन नियकायका प्रमुखले गृहमन्त्री रमेश लेखकसमक्ष जेनजी आन्दोलनमा आपराधिक जत्थाको घूसपैठ भएको र तिनैले ताण्डव मच्चाउँदा हिंसात्मक रुप लिएको ब्रिफिङ गरेका छन् ।

 

ब्रिफिङमा नेपाल प्रहरीका आईजी चन्द्रकुवेर खापुङ, सशस्त्र आईजी राजु अर्याल र राष्ट्रय अनुसन्धान विभागका प्रमुख हुतराज थापा उपस्थिती हुनुहुन्थ्यो । जेन जी प्रदर्शनका आयोजकले व्यक्त गरेको प्रतिवद्धताप्रति ढुक्क हुँदा र उनीहरुको नाममा अन्य समूहको घूसपैठ भएको कुराको पूर्वअनुमान गर्न नसक्दा सोमबार हिंसात्मक भएको उहाँहरुले गृहमन्त्री लेखकलाई रिपोर्टीङ गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका