त्रासमा सुनचाँदी व्यापारी

प्रहरी नआएसम्म सामान प्रदर्शन नगर्ने– भन्छन् ‘हुलदुङ्गा वा चोरी डकैती भए कहाँ गएर उजुरी गर्नु ?’

दमक, ५ असोज । सुनचादी व्यवसायी अहिले त्राहिमाम स्थितीमा छन् । उनीहरुले खुलेर व्यापार गर्न पाएका छैनन । डर र त्रासका बिच व्यवसाय त खोलेका छन् । तर आफ्ना उत्पादन तथा डिजाईनहरुको प्रदर्शन गर्न पाएका छैनन । ग्राहकसग खुलेर व्यापार पनि गर्न सकिरहेका छैनन ।

 

कुनैपनि सुन पसलमा पस्दा निकै आकर्षक गर गहनाका डिजाईन देख्न पाइन्थ्यो । त्यो डिजाईन देखेर एक चिज किन्न वा बनाउन गएकाहरुले अर्को चीजको पनी अर्डर गर्ने सम्भावना प्रवल हुन्थ्यो । तर अहिले त्यस्तो छैन । किन ? किनकी अहिले सबै सुनचाँदी व्यवसायीले खुलेर व्यापार गर्न सकेका छैनन । को मान्छे कुन नियतले आउँछ र के भन्ने हो , भनेको कुरा देखायो भने त्यहि सामान लिएर भाग्यो वा कुनै समुह आएर डाङडुङ गरेर सबै सामान लुटेर गएभने कहाँ गएर उजुरी गर्नु ? व्यवसायीहरु डर र त्रासमा छन् । नत्रभने दमक बजार स्थित पशुपति मन्दिर छिर्ने मुखैमा रहेको पशुपती गोल्ड हाउसमा निकै आकर्षक डिजाईजका सुन चाँदीका गर गहना तथा अन्य सामाग्रीहरुको प्रदर्शन हुन्थ्यो । तर अहिले यो खाली छ ।

 

यसका सञ्चालक यूवराज निरौला भन्नु हुन्छ हामी व्यापार गर्न डराइ रहेका छौ । किनकी अहिले दमकमा प्रहरी तथा प्रशाषन छैन । हामीलाई सुरक्षा दिने निकायनै नभएपछि कहाँ गएर भन्नु ? कि हामी लुटियौ वा हाम्रो सामान चोरी भयो भनेर । त्यसैले हामीले सामान देखाएर व्यापार नगरेको । निरौलाले बताउनु भयो ।

 

अरु बेला यो समयमा चहल पहल हुन्थ्यो । तर अहिले सुन पसलमा ग्राहकहरुपनि न्यून जाने गरेका छन। व्यवसायीहरुलेपनि नचिनेका सग व्यापार गरेका छैनन । आफ्ना पुराना र चिनेका ग्राहकसग मात्रै सामान्य कारोबार गरिरहेका छन् । यता सुनचाँदी व्यवसायी सघंका अध्यक्ष काँशी खाती भने अहिले डर हुनु स्वभावीक हो । तर दमकमा प्रहरीलाई पुःन स्थार्पना गर्न पहल भइरहेको छ । उहाँका अनुसार प्रहरीलाई दमक ८ स्थित अर्गानिक कृषि बजारमा दमक नगरपालिकाले बस्ने व्यवस्था मिलाउने र दमकमा रहेका संघ सस्थाहरुले अन्य श्रोत साधानमा सहयोग गर्ने सहमती भए बमोजीम प्रहरी पुःनस्र्थापना गर्न पहल गरिएको छ । सम्भवत केहि दिनमै दमकमा प्रहरी फर्केन वातावरण बिनिरहेको उहाँले बताउनु भयो ।

 

दमक ८ स्थित अर्गानिक कृषि बजारमा प्रहरीलाई ल्याएर राख्ने कामको तयारी भइरहेको छ । जसकालागी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशाषन कार्यालयले समेत स्थलगत निरक्षण गरिसकेको छ । दमक नगरपालिका र दमकमा रहेका बिभिन्न संघ सस्थाहरुले सहयोग गरीरहेकोले सोमबार वा मंगलबारदेखी दमकमा प्रहरी आएर सेवा सुरु गर्ने प्रतिवद्धता व्यक्त गर्नु हुन्छ दमक नगरपालिकाका प्रमुख राम कुमार थापा । उहाँ भन्नु हुन्छ तत्काल अहिले प्रशाषनीक काम सुरु गर्न केहि टेवल कुर्सी, बास बस्न आवश्यक पर्ने श्रोत सधानको व्यवस्थापनको काम नगरपालिकाले गरिरहेको छ । अन्य संघ सस्थाहरुलेपनि सहयोग गरीरहेको र मौजुदा कार्यालयलाई चाँडै पूःन निर्माण गराइ त्यहिबाट स्थाई सेवा दिने गरिको पनि वातावरण मिलाउदै गरेको नगर प्रमुख राम कुमार थापाले जानकारी दिनुभयो ।

जेन जी आन्दोलनका क्रममा भदौ २४ गते साँझको समयमा इलाका प्रहरी कार्यालय दमकमा प्रर्दशनकारी पसेर आगो लगाएका थीए । ड्यूटिमा खटिएका प्रहरीहरु माथी छुरा तथा भाला प्रयोग गरेर घाईते बनाएका थीए । थुनुवा कक्ष जलाइएका कारण त्यहाँ रहेका ५५ जना थुनुवा फरार भएका छन् । प्रहरी कार्यालयमा रहेका ५३ भन्दा बढि हात हातीयार प्रदर्शनकारीले लुटेर लगेका छन् भने प्रहरीको पोषाक समेत जलाइएको र लुटिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको