झापामा टोल गस्ति हिड्नेबाटै चुनौती बढ्यो

 सरक्षा निकाय भन्छ संकास्पत लागे तुरुन्तै खवर गर्नुस प्रहरी आइपुग्छ

दमक, ८ भदौ । जेनजी आन्दोलनपछि समाजमा शान्ति सुरक्षा कायम गर्न र हाल बन्द रहेको सेवा प्रवाह सुचारु गर्न झापाका सरोकारवालाले प्रतिवद्धता व्यक्त गरेका छन् । बिर्तामोडमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहति सुरक्षा निकायका प्रमुख नागरिक समाज, निजी क्षेत्र, अधिकारकर्मी तथा सञ्चारकर्मीबीच भएको बैठकमा यस्तो प्रतिवद्धता जनाइएको हो । बैठकमा कस्ले के भन्नु भयो ?

अहिले समाजमा प्रहरीको गस्ती न्यून छ । जेन जी आन्दोदलनका क्रममा जिल्लाभर रहेका अधिकांश प्रहरी कार्यालयहरु ध्वस्त पारिएका छन् । प्रहरीका बर्दी र हतियार समेत लुटिएका छन् । यसबाट समाज थप असुरक्षीत बन्दै गएको भन्दै टोल टोलमा सुरक्षा गस्ति गठन गरिएको छ । तर त्यहि गस्तिमा हिड्नेहरु हिजो जेल तोडेर, थानामा रहेका थुनुवाहरु भागेका छन् । अनी प्रहरी कार्यालय जलाएर हतियार लुटेकाहर पनि यही समाजमा छन् । उनीहरु मध्ये केहि ती लुटिएका हतियार देखाउँदै समाजलाई थप त्रसीत बनाइरहेको बताउनु हुन्छ झापामा मानव अधिकारको क्षेत्रमा काम गरिरहनु भएकी कविता शर्मा । अहिले शान्ति सुरक्षा पहिलो प्राथमिकता भएकाले सबै पक्ष जिम्वेवार बन्नु पर्नेमा उहाँको जोड रहेको थियो ।

 

त्रिवी प्राध्यापक स.घ झापाका अध्यक्ष लिला अधिकारीले प्रेम, सद्भाव र सहिष्णुता पहिलो प्राथमिकता हुनु पर्ने बताए । द्वन्द्व निर्मूल पार्नका लागि यि तीन कुरा आवश्यक भएको भन्दै सबै पक्षले जिम्मेवार ढंगवाट प्रस्तुत हुनु पर्ने विचार व्यक्त गरे । नागरिकमा सुरक्षाको प्रत्याभूति नहुँदा समस्या भएको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराए ।

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले सुरक्षा निकायलाई उच्च मनोवलका साथ कार्य क्षेत्रमा खट्न सुझाव दिए । उनले पछिल्लो समय विभिन्न अफवाह फैलाएर समाजलाई त्रसिद बनाउने काम भइ रहेको भन्दै त्यस्ता समूहलाई निरुत्साहित गर्न सबै एकजुट हुनु पर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा एवीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले शान्ति सुरक्षा पहिलो प्राथमिकता भएकाले नागरिक समाज एक हुन जरुरी रहेको धारणा व्यक्त गरिन् ।

कार्यक्रममा बोल्ने अधिकांश सहभागीले जेनजी आन्दोलन र त्यसपछिको उत्पन्न परिस्थितिका विषयमा धारणा राख्दै सुरक्षा विना कुनै पनि क्षेत्र अगाडि बढ्न नसक्ने भएकाले शान्ति सुरक्षा नै पहिलो दायित्व भएको बताएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले सुरक्षा निकायमा कुनै मनोवल नघटेको भन्दै प्रभावकारी ढंगवाट नागरिकको सेव गर्न आफूहरु तयार रहेको बताए । उनले भौतिक संरचना तथा सवारी साधनमा क्षति पुग्दा तत्कालै घटना स्थलमा प्रहरी पुग्न नसके पनि प्रहरीले अपराध नियन्त्रणका लागि उच्च मनोवलका साथ काम गरिरहेको बताए ।

सशस्त्र प्रहरी नम्वर २ गणका सशस्त्र प्रहरी उपरीक्षक तुल वहादुर भण्डारीले प्रहरीले विगतमा पनि उच्च मनोवलका साथ काम गरिरहेको र अहिलेपनि नागरिकको सुरक्षामा आफूहरु उच्च मनोवलका साथ खटेको उल्लेख गरे । उनले जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको बर्दी तथा हतियार लुटपाट भएको र त्यस्ता समूहले समाजमा चोरी तथा लुटपाट गर्न सक्ने भएकाले सचेत बन्न आग्रह गरे ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले झापामा सुरक्षा क्षेत्रका धेरै भौतिक संरचना क्षति ग्रस्त हुँदा प्रभावकारी ढंगवाट सेवा प्रदान गर्न नसकि रहेको अवस्थामा नागरिक स्तरबाट स्वत स्फूर्त रुपमा गरिएको सहयोगको प्रशंसा गरे । उनले यस्तो अवस्थामा निरासा बढ्न सक्ने र त्रास सृजन हुन सक्ने भएकाले समाजका अगुवा तथा सञ्चार क्षेत्रलाई जिम्वेवार पूर्वक खवरदारी गरिदिन आग्रह गरे । उनले यस्ता संकटका वेला सत्कर्म गर्न आग्रह गर्दै कसैले कालो बजारी गरे तथा कानून विपरित कार्य गरे तत्काल कारवाही गर्ने चेतावनी दिए ।

बैठकमा विभिन्न संघ संस्था तथा दाताहरुले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको भवन पुनः निर्माण आवश्यक सामग्री खरिदमा सहयोगको घोषणा गरे । उक्त अवसरमा २८ लाख रुपैयाँ बरावरको प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रमको संयोजन संवाद समूहले गरेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको