हुनेलाई दशै नहुनेलाई दशा तर दमकमा नहुनेसँग खुसी साट्दै एउटा संस्था

दमक, ९ असोज। दशै नेपालीहरुको महत्वपूर्ण पर्व हो । यसले पारिवारीक एकता र सामाजीक सद्धभाव बढाउँछ । घरदेखी टाढा गएका आफन्तहरु भेला हुन्छन् । शहर तथा परदेश गएकाहरु गाउँ फर्कन्छन ।

 

हेर्दा र सुन्दा ओहो यो त निकै रमाईलो र आत्मीय पल हो नी भन्ने लाग्छ । र वास्तवमा दशैको उत्साह यसकारण पनि विषेश छ । तर तपाइले कत्तिको याद गर्नु भएको छ । दशै जस्तो महत्वपूर्ण चार्डमापनि दलित तथा सुकुम्बासी बस्तिहरुमा खुसी बढ्न सकिरहेको हुँदैन । किन ? किनकी यी परिवारको सिमित आम्दानीको श्रोत हुन्छ र उनीहरुले गर्ने खर्च आफ्नो दैनिकी सञ्चालनमै धौ धौ हुन्छ ।

 

अहिले कमाएर ल्याएर आजै खायो सकिहाल्यो । अझ कहिले कहि त यही पनि गर्न नपुग्न सक्छ । अनी यस्तो बेलामा दशै जस्तो महत्वपूर्ण पर्वमा पाहुना आउन सक्छन् । छोराछोरीले नयाँ कपडा लगाउन खोज्छन् । आफुपनि पर्व मनाउन आफन्तकहाँ जान मन लाग्छ । यस्तो अवस्थामा के गर्ने ? यसखालको अवस्था धेरै नेपालीको छ । प्रतिवर्ष प्रतिव्यक्ति ७२ हजार ९०८ रुपैयाँभन्दा कम खर्च गर्ने नागरिक गरिबअन्तर्गत वर्गीकरणमा पर्छन ।

अझै साढे ५८ लाख नेपाली गरिबीको रेखामुनि रहेका छन् । यस्ता नेपालीहरुलाई दशैले खुसी भन्दा पनि दुख र अरु थप चीन्ता बढाएर जाने गरेको छ । चार्डपर्व मान्नै पर्यो । अतरिक्त आम्दानी नभएपछि ऋण गर्नै पर्यो । यही ऋण तिर्न वर्षभरी काम गर्दापनि तिर्नै गाह्रो । त्यसैले यस्तो वर्गका समुदायलाई थोरै भएपनि राहत होस भनेर झापाको दमकमा एउटा सस्थाले घर घरमै गएर खाद्यन्न सामाग्री वितरण गरेको छ ।

 

यहाँ रहेको सानो प्रयास युवा समाजले दशैं तिहारमा कोही पनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यले २५–२५ केजीका चामलका बोरा, खाने तेल र दाल जस्ता आधारभूत खाद्यान्न सामाग्री वितण गरेको छ । दमकका १० वटै वार्डमा युवा समाजका सदस्यहरुले राहतका सामाग्री वितरण गरेका हुन । अघील्ला वर्ष दमकका वार्ड कार्यालय र दमक नगरपालिकाले यसखाले रासनका सामाग्री वितरण गर्ने गरेको थियो । तर यो वर्ष प्रतिकुल अवस्था रहेको भन्दै यस्ता वितरणका काम भएनन । त्यसैले यहाँ रहेका वार्ड कार्यालयसँगको समन्वयमा आवश्यकीय परिवारहरुलाई यस खालेको राहतको सामाग्री वितरण गरिएको समाजका अध्यक्ष छवी खतिवडाले जानकारी दिनुभयो ।

 

१० वटै वार्डमा गरि करिव ८० पररिवारलाई वितरण गरिने जनाइएको छ । अहिले सम्ममा ६५ परिवारलाई वितरण गरिसकिएको र बाँकी १५ परिवारलाई पनि तुरुन्तै वितरण गरिने जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति