किन थन्कियो नियमावली

सेयर बजारको ‘इन्साइडर ट्रेडिङ’ रोक्ने नियमावली ल्याउन अलमल

 

 

 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तयार पारेको भित्री सूचनाको आधारमा कारोबार (इन्साइडर ट्रेडिङ) सम्बन्धी नियमावली २ वर्षदेखि अलपत्र परेको छ ।सेयर बजारमा सूचना चुहाएर हुने कारोबार रोक्ने गरी बनेको महत्वपूर्ण विनियमावली अर्थ मन्त्रमालयमा पुगेर अडि्कएको हो ।

सेयर बजारमा भित्री सूचनाका आधारमा कारोबार गर्नु गैर कानूनी कार्य हो । इन्साइडर ट्रेडिङले पहुँचवालाहरुले राम्रो कमाउने र सोझा लगानीकर्ताहरु फस्ने जोखिम हुन्छ । ऐनले इन्साइडर ट्रेडिङलाई गैर कानूनी भने पनि यस सम्बन्धी नियमावली नहुँदा बोर्डले कारबाही गर्न सकेको थिएन ।

नियमावली भए कारबाही गर्न सहज हुने भन्दै बोर्डका तत्कालीन अध्यक्ष डा. रेबतबहादुर कार्कीले २०७६ सालमा इन्साइडर ट्रेडिङ सम्बन्धी नियमावली तयार पारेका थिए । आन्तरिक समिति बनाएर तयार पारिएको नियमावली अर्थमन्त्रालयमा पुगेर थन्किएको थियो ।

बोर्डका कार्यकारी निर्देशक एवम् प्रवक्ता निरज गिरी नियमावलीको मस्यौदा अर्थमन्त्रालयमा नै रहेको बताउँछन् । नियमावलीको मस्यौदाका विषयमा छलफल हुनै बाँकी रहेको उनको भनाइ छ । उता मन्त्रालयका उच्च अधिकारीहरुलाई नै मस्यौदाका विषयमा जानकारी छैन । नियमावली दर्तापछि तीन जना अर्थमन्त्री नै फेरिएका छन् ।

अलि बाठा लगानीकर्ताहरूको सीधै कम्पनीको सञ्चालक समिति वा उच्च व्यवस्थापनमै पहुँच हुन्छ । जसले गर्दा कम्पनीले गर्ने महत्वपूर्ण निर्णय उनीहरूले अन्य सर्वसाधारणले भन्दा पहिले नै जानकारी पाउँछन् । मानौं कुनै कम्पनीले निकै आकर्षक लाभांश दिने निर्णय गर्दैछ भने पहुँच भएकाहरूले पहिले नै जानकारी पाउँछन् र सेयर किन्छन् ।

जब सामान्य लगानीकर्तासम्म यो जानकारी पुग्छ, त्यतिबेलासम्म बाठा लगानीकर्ताले नाफा बुक गरेर बेच्न तयार भइसकेका हुन्छन् । अर्को गलत सूचनाको हल्ला फैलाएर पनि बाठा लगानीकर्ताहरूले आफू कमाउने र अरूलाई डुबाउने गर्छन् । गत वर्ष नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) मा यस्तै भयो । एकाएक बैंकको सेयर मूल्य बढ्यो । जबकि त्यसबेला एनसीसी बैंकमा मूल्य बढ्ने किसिमका केही सूचना थिएनन् ।

नेप्सेका एक अधिकारी सेयर मूल्य बढाउनकै लागि केही ठूला लगानीकर्ताहरूले मर्जर सम्बन्धी हल्ला फैलाएको बताउँछन् । यो घटनापछि नेप्सेले बैंकलाई स्पष्टीकरण सोध्यो । बैंकले लाभांश यसअघि नै घोषणा गरिसकेको र मर्जर सम्बन्धी कुनै निर्णय भइनसकेको भन्दै नेप्सेलाई स्पष्टीकरण बुझायो ।

किन थन्कियो नियमावली ?

तत्कालीन अध्यक्ष कार्कीको पालामा इन्साइडर ट्रेडिङ रोक्नु पर्ने आवाज निकै चर्को रुपमा उठेको थियो । यसलाई रोक्न नियमावली आवश्यक रहेको भन्दै अध्यक्ष कार्कीले बोर्डकै उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीको संयोजकत्वमा समिति बनाएका थिए । अधिकारी संयोजकत्वको समितिले नियमावलीको मस्यौदा बनाएर दिएको थियो । नियमावलीको मस्यौदा अध्यक्ष कार्कीले २०७६ जेठमै अर्थमन्त्रालय  पुर्‍याए ।

नियमावली दर्ता गराएका तत्कालीन अध्यक्ष कार्की जसरी पनि पास गर्नु पर्ने पक्षमा थिए । तर नियमावली दर्ता भएको चार महिना पनि पुग्न नपाउँदै उनी असोजमा अध्यक्षबाट अवकास भए । कार्की पछि अध्यक्ष बनेका भीष्मराज ढुंगानाले पनि यस विषयमा चासो नदिएका भने होइनन् ।

ढुंगाना अध्यक्ष बनेर आएपछि नियमावलीको मस्यौदाका विषयमा दुई पटक अर्थमन्त्रालयमा छलफल समेत भएको थियो । तर मस्यौदामा गरिएका व्यवस्थाहरुका विषयमा अध्यक्ष ढुंगाना आफैंले संशोधन हुनुपर्ने बताएका थिए । मस्यौदालाई संशोधन गरी पारित गर्नु पर्ने बताएका ढुंगाना पुरा कार्यकाल पदमा रहन सकेनन् । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि ढुंगाना पद मुक्त भएका थिए ।

ढुंगाना पदमुक्त भएपछि लामो समय अध्यक्ष नियुक्ति प्रक्रिया नै अलपत्र पर्‍यो । गत आइतबार भने नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् । बजारमा रहेको बेथिति रोक्ने र साना लगानीकर्ताको हितका लागि काम गर्ने वचनवद्धता गरेका अध्यक्ष हमालले सम्भवतः यो नियमावली ल्याउनेछन् ।

बोर्डका पूर्व अध्यक्ष कार्की अध्यक्ष हमालले बजारको वेथिति रोक्न तत्कालै यो नियममावली ल्याउन सक्रियता देखाउनु पर्ने बताउँछन् । सेयर बजारमा इन्साइडर ट्रेडिङ मौलाउदो अवस्थामा रहेको भन्दै उनले नियमावली ल्याएर बद्मासी गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए ।

‘यहाँ त नियम नभएर समस्या भएको हो, नियम हुने हो भने बद्मासी रोकिन्छ’ पूर्व अध्यक्ष कार्कीले भने, ‘यसथ अब तत्कालै नयाँ अध्यक्ष ज्यूले अन्य कामसँगै नियमावली ल्याउन समेत सक्रियता देखाउनुपर्छ ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।