दमकमा सलामी सहित फूलपाती भित्राइयो

- २५ वर्ष देखी दमकको यूथ क्लवले गरिरहेको छ दुर्गा पुजा–स्थानीयको साथ र सहयोग अतुलनीय

 

दमक, १३ असोज । महा सप्तमी अर्थात फूलपातीको अवसरमा झापाको दमकमा फूलपाती भित्राउने तथा सलामी अर्पण गर्ने कार्यक्रम सम्पन्न भएको छ । दमक ७ स्थित नव दुर्गा पुजा गर्ने स्थलमा सोमबार औपचारीक कार्यक्रमको आयोजना गरी फूलपाती भित्राइएको हो । यस अघी दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, दमक नगरपालिका वार्ड नं ६ का वार्ड अध्यक्ष टेक बहादुर थापा, वार्ड नं ७ का वार्ड अध्यक्ष भीम पौडेलले यहाँ राखीएका दुर्गा माता सहित गणेश लगायत अन्य भगवानको मुर्ती अनावरण समेत गर्नु भएको थियो ।
यसपछि आयोजीत संक्षिप्त कार्यक्रममा बोल्दै दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले बिगत २५ वर्ष देखी दमकका रहेका यूवाहरुको सकृयतामा हुने यो दुर्गा पुजा अहिले सम्म सफल बनेको भन्दै प्रशषां गर्नुभयो । सामाजीक एकता र सद्धभाव बढाउन आयोजना गरिने सामुदायीक स्तरको यो पुजाले खास महत्व राखेको भन्दै यसलाई निरन्र्ता दिन समेत उहाँले आग्रह गर्नु भएको छ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइएको छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका