दमकमा पुरानै भवनमा फर्किए प्रहरी

–स्थानीयले गरे फूलगुच्छा सहित स्वागत, -भन्छन् हाम्रो मनोवल गिरेको छैन हामी पहिला जस्तै शशक्त सुरक्षा प्रदान गर्न तत्पर छौ ।’

 

दमक, असोज १३ । हातमा फूलका गुच्छा अनी खादा र माला । झट्ट हेर्दा यहाँ कोहि विषेश पाहुना आइरहेका छन् । र उहाँहरुलाई सम्मान सहितको सम्मान गर्ने तयारी जस्तै लाग्ने दृष्य । दमकका अधिकांश लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उल्लेख्य उपस्थिती । हेर्दा लाग्यो यहाँ साच्चै भव्य कार्यक्रम छ । र यसको प्रमुख अतिथी देशकै सर्वोच्च उचाई भएको व्यक्तित्व । तर यो न कुनै औपचारीक कार्यक्रम थियो । न कुनै भिआईपीको सम्मान र स्वागत । यो त केवल प्रहरीको पूःनरागमन थियो । प्रहरीहरुलाई प्रहरी चौकीमा काम गर्न फर्काइएको मात्रै थियो ।

गत भदौ २४ गते जेन जी आन्दोलनका नाममा भएको बिधंशकारीको हातले दमकमा रहेको यो इलाका प्रहरी कार्यालय हुर हुरी आगो लगाइदिए । भित्र पसेर तोडफोड गरे । आत्मसमर्पण गरेर प्रहरी कार्यालयनै प्रदर्शनकारीलाई जीम्मा लगाएर प्रहरी बाहिर निस्के । तर बाहिर निस्केकाहरुमा पनि प्रहार गरियो । मरणासन्न हुने गरी घाईते बनाइयो । यसरी क्षत विक्षेद भएको प्रहरी कार्यालय जेन जीको आन्दोलनपछि फेरी बनाउन थालीयो । दमक नगरबासीको अथक साथ र सहयोगमा प्रहरीलाई आएर बस्ने मिल्ने गरीको प्रबन्ध मिलाएर यहाँ प्रहरी फर्काउने काम भयो । यो काममा दम उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले समन्वय गर्नुभयो । आफ्नै संघबाट ५ लाख रुपैँयाबाट सहयोग जुटाउन सुरु गर्दै करिव ३० लाख बरारको नगद तथा जिन्सि सामान संकलन गरी ९० प्रतिशत पूःन निर्माण गर्ने काम गरिएको र प्रहरीलाई फकाइएके उहाँले अध्यक्ष गुरागाईले जानकारी दिनुभयो ।

स्थानीयद्धारा फूलका गुच्छा, माला र खादा लगाएर हास्दै हास्दै कार्यालय प्रवेश गरेका प्रहरीहरु भनिरहेका थीए नआत्तीनुस । हामी तपाईहरुसै छौ । हाम्रो मनोवल कतिपनि गिरेको छैन । स्थानीयलाई यसरी ढाढस दिएर प्रहरीहरु आफ्नो कार्यालय प्रवेश गरेका थीए । त्यसपछि स्थानीयबासीलाई सहयोग गरी प्रहरी कार्यालय पूःन निर्माण गरेर फर्कने वातावरण बनाइदिएको भन्दै इलाका प्रहरी कार्यालय दमकका प्रमुख डि एस पि राम प्रसाद तिम्सिनाले भन्नु भयो हामी पहिला जसरी नागरीकको सुरक्षामा खटिएका थियौ । अहिले पनि त्यसरीनै खट्ने छौ । हामीमाथी गर्नु भएको अटुट विस्वास र माया प्रति आभार व्यक्त गर्दछौ ।

यस अघी यी प्रहरीहरलाई दमक ८ स्थित अर्गानिक कृषि बजारमा अस्थाई रुपमा राखीएको थियो । यो अभियानमा दमक सहित झापाका बिभिन्न सामाजीक तथा सरोकारवालाहरुले सहयोग गरेका थीए । यही क्रममा सोमबार झापाको एकका लागी एक समुहले समेत २ लाख बराबरको कम्प्यूटर, प्रन्टिर , सुत्न प्रयोग गरिने खाट तथा अतिरिक्त २५ वटा लामखुट्टे छेक्ने झुल समेत वितरण गरेको थियो ।

सो अवसरमा बोल्दै एकका लागी एक अभियानका संयोजक महेन्द्र गिरीले भन्नु भयो हामी यो अभियानमा अहिले अक्षय कोष बनाइरहेको भन्दै भन्नु भयो अहिले १ करोडको कोष छ यहीबाट यसपटक झापाका बिभिन्न प्रहरी कार्यालय पूःन निर्माण गर्न १० लाख सहयोग गरीएको र कोषलाई ५ करोड पुर्याउने अभियान रहेकोले छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका