‘झापामा पूर्व सुचना प्रणालीको प्रभाकारीताले मानवीय क्षती भएन’

दमक २१ असोज । झापामा बाढि र डुबानका कारण करिव ४ हजार नागरीक विस्तापीत भएको रेडक्रस झापाले जनाएको छ । रेडक्रस झापाका सभापति लोकराज ढकालले रेडियो किङ एफ एमको कार्यक्रम सत्य संवादमा बोल्दै भन्नु भयो ‘यो पटक झापामा भएको क्षती झापामा परेको पानीका कारण मात्रै नभएर इलाम तथा पहाडी क्षेत्रमा परेको पानीका कारणले पनि हो । तर हाम्रो पूर्व सुचना प्रणाली प्रभावकारी रहेकोले मानवीय क्षती हुन पाएन । ’

 

उहाँका अनुसार खासगरी कन्काई नदिमा रहेको सुचना प्रणालीलाई प्रभावकारी बनाइएको र नागरीकलाई दुई दिन अघीदेखीनै ‘अलर्ट’ गरिरहिएका कारण पनि मानवीय क्षती हुन सकेन । तर कतिपय नागरीकले त्यसखालको सुचनालाई हल्का रुपमा लिदा भने अझ जोगीन सक्ने ठाउँहरुमा पनि क्षती भएको उहाँको तर्क छ ।

 

यो पटक मौसम पूर्वानुमान महाशाखाले गरेको अनुमान समेतले काम गरेको र यी निकायले राज्लाई थप संवेदनशील बन्न गरेको आग्रहले पनि काम गरेकोले पूर्व सुचनाको काम प्रभावकारी रहेको उहाँले बताउनु भयो । झापामा रेडक्रसको तर्फबाट अती जोखीम हुन सक्ने सम्भावती क्षेत्रमा माईकिङ समेत गर्दै हिडेको र सामाजीक सञ्जाल देखी अन्य सञ्चार माद्यम मार्फत प्रभावकारी सुचना प्रवाह भएकोले झापामा मानवीय क्षती हुनबाट जोगीएको उहाँले बताउनु भयो । नागरीमा आएको सचेतना अर्को मुख्य कारण रहेको बताउँदै उहाँले भन्नु भयो करिव यत्रै यत्रै बाढि पछिल्ला वर्षहरुमा पनि आएको खासगरी २०७४ सालमा कयौको ज्यान गएको थियो तर अहिले नागरीक आफैपनि सचेत भए , पुर्वसुचनालाई विस्वास माने र आफैले पनि उद्धारकालागी प्रयास र पहल गरे जसका कारणले गर्दापनि मानवीय क्षती नभएको उहाँको भनाई छ ।

 

यद्यपी धेरै प्रयास गर्दा गर्दागर्दैपनि झापामा झण्डै ४ हजार परिवार विस्थापीत भएको र अहिले ति बिस्थापीत परिवारहरु घर फर्कने क्रम समेत सुरु भएको उहाँले बताउनु भयो । यद्यपी १८ सय भन्दा बढि परिवारको बस्ने थाकथलोनै खोलाले बगाएको कारण त्यस ठाउँमा पानीको जोखिम घटेपनि फर्कने अवस्था नरहेको पनि उहाँले जानकारी दिनुभयो ।

 

जिल्ला भर ३ हजार बढि परिवारलाई तत्काल खान, बस्न , लत्ता कपडा , औषधीजन्य सामाग्री एवं पालको व्यवस्थापन गर्न आवश्यक रहेको उहाँले बताउनु भएको छ । यसमा एक परिवार बराबर करिव ३५ सय बराबरको खाद्यन्न प्याकेज, गैर खाद्यान्नमा करिव १० हजार बराबरको प्याकेज आवश्यक रहेको र सहयोेग जुट्ने काम समेत धमाधम भइरहेको उहाँले बताउनु भएको छ । राहत वितरण सबैतीर एकद्धार प्राणालीबाट गरिने भएकोले राहत दिने इच्छुक समुह र सस्थाले नजिकैको प्रहरी कार्यालय वा रेडक्रसमा सम्पर्क गरि आफ्‌नो राहत वितरण गर्ने बेलामा सहजीकरणमा सहभागी हुन उहाँले अनुरोध गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका