‘झापामा पूर्व सुचना प्रणालीको प्रभाकारीताले मानवीय क्षती भएन’

दमक २१ असोज । झापामा बाढि र डुबानका कारण करिव ४ हजार नागरीक विस्तापीत भएको रेडक्रस झापाले जनाएको छ । रेडक्रस झापाका सभापति लोकराज ढकालले रेडियो किङ एफ एमको कार्यक्रम सत्य संवादमा बोल्दै भन्नु भयो ‘यो पटक झापामा भएको क्षती झापामा परेको पानीका कारण मात्रै नभएर इलाम तथा पहाडी क्षेत्रमा परेको पानीका कारणले पनि हो । तर हाम्रो पूर्व सुचना प्रणाली प्रभावकारी रहेकोले मानवीय क्षती हुन पाएन । ’

 

उहाँका अनुसार खासगरी कन्काई नदिमा रहेको सुचना प्रणालीलाई प्रभावकारी बनाइएको र नागरीकलाई दुई दिन अघीदेखीनै ‘अलर्ट’ गरिरहिएका कारण पनि मानवीय क्षती हुन सकेन । तर कतिपय नागरीकले त्यसखालको सुचनालाई हल्का रुपमा लिदा भने अझ जोगीन सक्ने ठाउँहरुमा पनि क्षती भएको उहाँको तर्क छ ।

 

यो पटक मौसम पूर्वानुमान महाशाखाले गरेको अनुमान समेतले काम गरेको र यी निकायले राज्लाई थप संवेदनशील बन्न गरेको आग्रहले पनि काम गरेकोले पूर्व सुचनाको काम प्रभावकारी रहेको उहाँले बताउनु भयो । झापामा रेडक्रसको तर्फबाट अती जोखीम हुन सक्ने सम्भावती क्षेत्रमा माईकिङ समेत गर्दै हिडेको र सामाजीक सञ्जाल देखी अन्य सञ्चार माद्यम मार्फत प्रभावकारी सुचना प्रवाह भएकोले झापामा मानवीय क्षती हुनबाट जोगीएको उहाँले बताउनु भयो । नागरीमा आएको सचेतना अर्को मुख्य कारण रहेको बताउँदै उहाँले भन्नु भयो करिव यत्रै यत्रै बाढि पछिल्ला वर्षहरुमा पनि आएको खासगरी २०७४ सालमा कयौको ज्यान गएको थियो तर अहिले नागरीक आफैपनि सचेत भए , पुर्वसुचनालाई विस्वास माने र आफैले पनि उद्धारकालागी प्रयास र पहल गरे जसका कारणले गर्दापनि मानवीय क्षती नभएको उहाँको भनाई छ ।

 

यद्यपी धेरै प्रयास गर्दा गर्दागर्दैपनि झापामा झण्डै ४ हजार परिवार विस्थापीत भएको र अहिले ति बिस्थापीत परिवारहरु घर फर्कने क्रम समेत सुरु भएको उहाँले बताउनु भयो । यद्यपी १८ सय भन्दा बढि परिवारको बस्ने थाकथलोनै खोलाले बगाएको कारण त्यस ठाउँमा पानीको जोखिम घटेपनि फर्कने अवस्था नरहेको पनि उहाँले जानकारी दिनुभयो ।

 

जिल्ला भर ३ हजार बढि परिवारलाई तत्काल खान, बस्न , लत्ता कपडा , औषधीजन्य सामाग्री एवं पालको व्यवस्थापन गर्न आवश्यक रहेको उहाँले बताउनु भएको छ । यसमा एक परिवार बराबर करिव ३५ सय बराबरको खाद्यन्न प्याकेज, गैर खाद्यान्नमा करिव १० हजार बराबरको प्याकेज आवश्यक रहेको र सहयोेग जुट्ने काम समेत धमाधम भइरहेको उहाँले बताउनु भएको छ । राहत वितरण सबैतीर एकद्धार प्राणालीबाट गरिने भएकोले राहत दिने इच्छुक समुह र सस्थाले नजिकैको प्रहरी कार्यालय वा रेडक्रसमा सम्पर्क गरि आफ्‌नो राहत वितरण गर्ने बेलामा सहजीकरणमा सहभागी हुन उहाँले अनुरोध गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको