दमक, ३ कार्तिक । दमकमा २१ वर्ष देखी विभिन्न व्यापार व्यवसायमा सकृय हुदै आउनु भएका आनन्द थापाले शनिबार देखी आनन्द गोल्ड एण्ड सिल्भर हाउस सञ्चालनमा ल्याउनु भएको छ ।
व्यवसायको सुरुवातमा दमक चोकमा इलेक्ट्रोनीक पसल खोलेर व्यवसायको क्षेत्रमा हाम फाल्नु भएका थापाले बिभिन्न व्यवसाय गर्दै अहिले सुनचाँदीको व्यवसायमा होमीनु भएको हो ।
उहाँका अनुसार करिव २ वर्ष इलेक्ट्रोनीक पसल, त्यसपछि त्यहि ठाउँमा करिव ३ वर्ष मोवाईल पसल र पछिल्लो पटक फाल्गुनन्द चोकमा मनी ट्रान्सफर तथा सटही सेन्टर चलाउँदै अहिले भने उहाँले सुन चादी व्यवसाय थालेको बताउनु भएको छ । उहाँका अनुसार बिभिन्न व्यवसायमा बिभिन्न अवसर हुन्छन् । ती अवसर लिन व्यापार बदलीरहेको तर अव चाहि सुनचाँदी बाहेक अन्यत्र नजाने प्रतिवद्धतापनि व्यक्त गर्नु भएको छ ।
उहाँले सुनचाँदीको पसलचाँहि मनी ट्रान्सफरमा आउने सेवाग्राहीको मागलाई ध्यानमा राखेर पनि खोलेको बताउनु भएको छ । मनी ट्रान्सफरमा आउने अधिकांश सेवाग्राहि सुनचाँदी पसल जाने र आफैलाई खोल्न प्रोत्साहन गरेका कारण उहाँहरुको सेवाका लागी पनि आफुले यो व्यवसाय खोलेको प्रतिकृया दिनुभयो ।
अहिले सुनचाँदीको मुल्य निरन्तर उकालो लागीरहेको छ । यो समाचार तयार पार्दा सम्म २ लाख ५८ हजार बढि छ । यसले गर्दापनि लगानी बढि लागेको उहाँले बताउनु भएको छ । उहाँका अनुसार सुनचाँदी व्यवसाय गर्न मात्रै थप एक करोड बढिको लगानी लगाइएको छ । साथै उहाँले आफ्ना सम्पूर्ण ग्राहक तथा सुभचिन्तकहरुमा तिहार तथा छठ पर्वको शुभकामना पनि व्यक्त गर्नु भएको छ ।









