शंखधर साःख्वा के बचेर तिरिदिएका थीए गरिव जनाताको ऋण ? कसरी सुरु भयो नेपाल सम्वत्

दमक, ५ कार्तिक। राष्ट्रिय विभूति शंखधर साःख्वाले वि.सं ९३६ इ. सं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो भन्ने इतिहाँस छ । तर कसरी त ? त्यसको भित्री कथा के हो ? भन्ने चाहि बिभिन्न खोज तथा अनुसन्धान बाहिरिरहेका छन् ।

 


उज्यालो खवरलाई प्राप्त भएको तथ्य अनुसार शंखधर साःख्वा खोलाको बालुवाको व्यापार गर्नु हुन्थ्यो । सामान्य परिवारका साःख्वा आफै पनि ऋणमा हुनुहुन्थ्यो । तर निकै इमान्दार, मिहनेती र कर्तव्यनिष्ठ साःख्वा आफु जस्तै दुःख गर्ने आम नागरिकका बारेमा चिन्तन गर्नु हुन्थ्यो ।

 


किम्बद्यन्ती अनुसार ज्योतीशहरुले सुभ साईतमा भद्रमती र बिष्णुमती दोभान लिखुतिर्थ नाम गरेको नदिबाट बालुवा झिकेर ल्याए त्यो बालुवा सुनमा परिणत हुन्छ भनेर भादगाउँका राजा आनन्देवलाई भनेका थीए । सोहि बमोजीम राजा आनन्ददेवले सुभ साईतमा बालुवा झिक्न भरियालाई पठाएका थीए । तर सुभसाईतमा भरियाले ल्याएको बालुवा उही व्यापारी साःख्वाले भरियालाई फर्काइ उनीहरुलाई केहि रकम दिएर आफ्नो घरमा बालुवा खन्याउन लगाए । नदिबाट ल्याएको त्यो बालुवा भोलीपल्ट हेर्दा सुनमा परिणत भएको थियो र त्यहि सुन बेचेर साःख्वाले नेपाली जनताको ऋण तिरिदिएर मुक्त बनाइदिनु भएको थियो भन्ने किम्वदन्ती दमककी नेवारी समुदायकी अध्यता तथा झिँगु समाज दमककी सदस्य समेत रहनु भएकी बसन्तलक्ष्मी उदासले उल्लेख गर्नु भयो ।

 

यस्तै राष्ट्रिय विभूति शंखधर साःख्वाले वि.सं ९३६ इ.सं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनु भएको थियो। लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, रहेको पनि उदासले जानकारी दिनुभयो ।

 

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्टिय विभूति घोषणा गर्नु भएको थियो । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। इसबिचमा नेपालमा बिभिन्न ५ वटा संंवदहरु चलाउन खोजीएको तर ती मध्ये बिक्रम सम्वत् र नेपाल सम्वत् मात्रै कायम रहेको दमकका निवारी समुदायका नेतृत्व तथा बुधबार दमकमा सम्पन्न भएको न्यूः दया भिन्तुना अर्थात नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमका संयोजक राजकुमार श्रेष्ठले उल्लेख गर्नु भयो ।

कार्यक्रममा दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाइँ कार्यक्रममा बोल्दै भन्नु भयो साःख्वाले नेपाली समुदायलाई ऋणमुक्त पार्न जुन कदम चाल्नु भयो त्यो हरेक नेपाली र नेपालका लागी स्मरणयोग्य रहेको बताउनु भयो । उहाँको योगदान र सोचलाई नै कदर गरेर राज्यले उहाँलाई राष्ट्रिय विभुती घोषणा गरिएको र उहाँको योगदानलाई नेपाली जनताले हरेक दिन स्मरण गरिरने बताउनु भयो ।

कार्यक्रममा दमक बजारमा स्थापना गरिएको साःख्वाको शालीक सौजन्य गर्ने परिवारालाई सम्मान समेत गरिएको थियो । सो शालीक दमक निवासी इन्द्र बहादुर श्रेष्ठ परिवाले निर्माण गर्न सहयोग गरेको थियो । सो अवसरमा उहाँकी बुहारीहरु रीता श्रेष्ठ लगायतलाई सम्मन समेत गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा