दमक, ६ कार्तिक । जेन नी आन्दोलनबाट बनेको शुशीला कार्की नेतृत्वको सरकारले देशभर आन्तरीक द्धन्द्ध बढाउने मात्रै काम गरेको नेकपा माओवादी (विप्लव) का केन्द्रिय सदस्य सुमन सिंह पौडेलले टिप्पणी गर्नु भएको छ ।
उज्यालो खवरको सत्य संवाद कार्यक्रममा बोल्नुहुदै पौडेलले भन्नुभयो ‘वर्तमान सरकारक जेनीको अपेक्षा अनुसार नबनेको र जेन जीका नाममा भएको आन्दोलनै बिदेशीको डिजाईनमा भएको उहाँको आरोप छ ।
अहिलेको सरकार अमेरीकाको ७० प्रशितशत र भारतको ३० प्रतिशत हिस्साबाट बनेको भन्दै अमेरीकाले चिन र भारतमा प्रभुत्व जन्माउन नेपाल भूमि प्रयोग गरेको र यसमा अहिलेको सरकार उनीहरुको एस मेन भएको भन्दै सरकारको आलोचना गर्नु भएको छ ।
उहाँले तुरुन्तै यो सरकार नफेरीने हो भने देशको अस्तित्वनै धरापमा पर्ने भएकोले सबै दल र अन्य वौद्धिक व्यक्तहरुको संयूक्त सरकार बन्नु पर्ने र त्यो सरकारले चुनाव गराउने काम गर्नु पर्ने उहाँले बताउनु भयो ।
अहिले सरकार दलहरुलाई निशेष गर्ने, शिर्ष नेताका विरुद्धमा अनर्गल प्रचार गराउने काममा व्यस्त रहेको र यसको प्रतिकार गर्न दलहरु देशव्यापी रुपमा निस्कन सक्ने भएकोले सरकार आफै मुठभेड गर्न खोजेको पनि आरोप लगाउनु भएको छ ।
उहाँसगको संवादको भिडियो लिंक तल राखीएका छ ।









