‘सरकारी संरचना बदलौ, पालिकाको वार्डपनि २ सदस्यीय बनाउँ’ : भट्टराई

दमक, ६ कार्तिक । जेन जी आन्दोलनपछि अहिले राजनैतिक बृत्तमा बहसमा रहेको बिषय अव राज्यको संरचना कस्तो हुने ? संघीयतामा प्रदेश रहने कि नरहने ? प्रत्यक्ष निर्वाचन प्रणाली बनाउने कि नबनाउने ?

राज्यका संयन्त्रलाई कसरी जनमुखी बनाएर प्रभावकारी बनाउने भन्नेबारेमा बहस हुने गरेका छन् । यही क्रममा झापाको दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले पनि आफ्नो धारणा सार्वजनिक गर्नु भएको छ ।

उज्यालो खवरको कार्यक्रम सत्य संवादमा बोल्दै उहाँले भन्नु भयो ‘साँच्चै सरकारालाई मितव्यी बनाउने हो भने यही मौकामा पालिकाका वार्डहरुको सदस्य संख्या पनि घटाउँ । यसले राज्यको अर्वौ बजेट पनि बच्छ र जो जिम्मेवारीमा आउनु हुन्छ उहाँ बढि जिम्मेवार र जवाफदेखी पनि रहनु हुन्छ ।’

देशभर ६ हजार ६ सय ८० वटा वार्ड कार्यालयरहेको र अहिले यी वार्डहरुमा वार्ड अध्यक्ष सहित कुल ३३ हजार ४ सय जना जनप्रतिधी रहेको अनी सबैले बैठक तथा अन्य बिभिन्न शिर्षकका भत्ता मात्रै भनेर औषतमा मासीक १० हजारका दरले मात्रै लिदा पनि अहिले महिनामा ३३ करोड ३४ लाख र वर्षमा ४ अर्व बढि रकम खर्च हुने गरेको छ । पाँच वर्षमा यही रकम २० अर्व बढि राज्यकोषबाटै खर्च हुने भएकोले यसमा पनि सदस्य संख्या घटाएर दुईजनाको मात्रै वार्ड बनाउनु पर्ने उहाँले तर्क राख्नु भएको छ ।

 

 

यस्तै उहाँले अव देशको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचन प्रणालीको हुनुपर्ने र प्रदेश संरचनालाई कित अधिकार सम्पन्न बनाएर स्वतन्त्र भएर काम गर्न दिने हैन भने खारेज गरिदिनु पर्ने तर्क पनि अघी सार्नु भएको छ ।

उहाँसग गरिएको संवादको भिडियो तल हेर्न सकिने छ ।


उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही