‘सरकारी संरचना बदलौ, पालिकाको वार्डपनि २ सदस्यीय बनाउँ’ : भट्टराई

दमक, ६ कार्तिक । जेन जी आन्दोलनपछि अहिले राजनैतिक बृत्तमा बहसमा रहेको बिषय अव राज्यको संरचना कस्तो हुने ? संघीयतामा प्रदेश रहने कि नरहने ? प्रत्यक्ष निर्वाचन प्रणाली बनाउने कि नबनाउने ?

राज्यका संयन्त्रलाई कसरी जनमुखी बनाएर प्रभावकारी बनाउने भन्नेबारेमा बहस हुने गरेका छन् । यही क्रममा झापाको दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले पनि आफ्नो धारणा सार्वजनिक गर्नु भएको छ ।

उज्यालो खवरको कार्यक्रम सत्य संवादमा बोल्दै उहाँले भन्नु भयो ‘साँच्चै सरकारालाई मितव्यी बनाउने हो भने यही मौकामा पालिकाका वार्डहरुको सदस्य संख्या पनि घटाउँ । यसले राज्यको अर्वौ बजेट पनि बच्छ र जो जिम्मेवारीमा आउनु हुन्छ उहाँ बढि जिम्मेवार र जवाफदेखी पनि रहनु हुन्छ ।’

देशभर ६ हजार ६ सय ८० वटा वार्ड कार्यालयरहेको र अहिले यी वार्डहरुमा वार्ड अध्यक्ष सहित कुल ३३ हजार ४ सय जना जनप्रतिधी रहेको अनी सबैले बैठक तथा अन्य बिभिन्न शिर्षकका भत्ता मात्रै भनेर औषतमा मासीक १० हजारका दरले मात्रै लिदा पनि अहिले महिनामा ३३ करोड ३४ लाख र वर्षमा ४ अर्व बढि रकम खर्च हुने गरेको छ । पाँच वर्षमा यही रकम २० अर्व बढि राज्यकोषबाटै खर्च हुने भएकोले यसमा पनि सदस्य संख्या घटाएर दुईजनाको मात्रै वार्ड बनाउनु पर्ने उहाँले तर्क राख्नु भएको छ ।

 

 

यस्तै उहाँले अव देशको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचन प्रणालीको हुनुपर्ने र प्रदेश संरचनालाई कित अधिकार सम्पन्न बनाएर स्वतन्त्र भएर काम गर्न दिने हैन भने खारेज गरिदिनु पर्ने तर्क पनि अघी सार्नु भएको छ ।

उहाँसग गरिएको संवादको भिडियो तल हेर्न सकिने छ ।


उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा