ठूलो परिमाणमा प्रतिबन्धित औषधि सहित एक जना पक्राउ

मोरङ,८ कार्तिक। मोरङको सुनवर्षी नगरपालिका–२ बाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले टोलीले मोटरसाइकलमा सवार मोरङको कटहरी गाउँपालिका–१ का ३५ वर्षीय निरज राजवंशीको साथबाट प्रतिबन्धित औषधि बरामद गरेको छ ।

 

प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरीले शंकास्पद रूपमा आउँदै गरेको को २१ प २८३३ नम्बरको मोटरसाइकललाई चेकजाँचको लागि प्रहरीले रोक्दा मोटरसाइकलको पछाडि सवार रहेका व्यक्ति फरार भएका थिए । चालकलाई नियन्त्रणमा लिई चेक जाँच गर्दा मोटरसाइकलको पछाडि रहेको जेब्रा झोलाबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताँउनु भयो।

 

चालक राजवंशीले मोटरसाइकलमा बोकेको जेब्रा झोलाभित्र १५ हजार ट्याब्लेट स्पासपेन नामक प्रतिबन्धित औषधि भेटिएको थियो । राजवंशीलाई थप अनुसन्धान एवं कारबाहीका लागि रंगेली प्रहरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । राजवंशीमाथि कारबाही अघि बढाउने विषयमा औषधि व्यवस्था विभागसँग समन्वय भइरहेको प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धान तथा सोधपुछका क्रममा राजवंशीले उक्त औषधि सुनवर्षी नगरपालिका–६ स्थित न्यू रेखा मेडिकल हलबाट ल्याएको प्रहरीलाई जनाएका छन् ।

मोटरसाइकलको पछाडि सवार रहेका व्यक्ति उक्त मेडिकल हलका सञ्चालक कार्तिक दास रहेको प्रहरीले पत्ता लगाएको छ । दास औषधिसहितको जेब्रा बोकेर मोटरसाइकलको पछाडि बसेका थिए । मोटरसाइकल रोक्नसाथ उनी फरार भएको र चालक मात्रै पक्राउ परेको प्रहरीले बताएको छ ।

दासले मोरङको उर्लाबारीमा पुर्याउनका लागि भनेर आफ्नो मेडिकलबाट प्रतिबन्धित औषधि लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मोटरसाइकलबाट हामफालेर उनी भागेपछि प्रहरी उनको मेडिकल हलमा समेत पुगेको थियो । तर, मेडिकल नै बन्द गरेर उनी फरार भएको प्रहरीले बताएको छ ।

यो घटनाले औषधि पसलबाटै प्रतिबन्धित औषधिको किनबेच हुने गरेको पत्ता लागेको प्रहरीले बताएको छ । प्रतिबन्धित औषधिको अनधिकृत बिक्री र वितरण हुने गरेको थाहा भएसँगै प्रहरीले औषधि पसलहरुमा निगरानी बढाएको जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका