बिर्तामोडमा एकैदिन दुई स्कुल बस दुर्घटना, दुई घाइते

बिर्तामोड, २ मंसिर । झापामा स्कुल बस दुर्घटना बढ्दै गएको छ । थोत्रा गाडी र चालकको लापरवाहीका कारण बालबालिका बोक्ने स्कुल बसहरु दुर्घटना हुने क्रम बढेको हो । हिजो मंगलबार बिर्तामोड क्षेत्रमा दुईवटा स्कुल बस दुर्घटना भएका छन् ।हिजो बिहान ९ः१० बजे अर्जुनधारा वडा नं.९ कार्कीडाँडास्थित माता मन्दिर –प्रणामी मन्दिर भित्री पक्की सडक खण्डमा माता मन्दिरबाट प्रणामी मन्दिरतर्फ आउँदै गरेको बिर्तामोड वडा नं १ बस्ने ५१ वर्षीय अबिदल गुरुङले चलाएको मे १ क १९४ नं.को लिटल फ्‌लावर्स इङ्लिस स्कुलको बस र भित्री कच्ची शाखा बाटोबाट निस्कदै गरेको प्र.१–०१–०१६ प २६५५ नं को स्कुटी एक आपसमा ठक्कर खाएका थिए ।

 

दुर्घटनामा स्कुटर चालक अर्जुनधारा ६ बस्ने बर्ष ४५ की धनमाया राजवंशी घाइते हुनु भएको छ। उहाँको छाती र दुबै कुममा चोट लागेको छ । सोही स्कुटीमा पछाडी सवार अर्जुनधारा वडा नं.९ बस्ने बर्ष ४० का रतन राजवंशी पनि घाइते हुनु भएको छ । उहाँको दाँया खुट्टामा चोट लागेको छ । सामान्य घाइते दुवैलाई उपचारको लागि कनकाई अस्पताल बिर्तामोड पठाईएको थियो ।

त्यस्तै गएराति १० ः १५ बजे बिर्तामोड ८ हर्चनास्थित बिर्तामोड– भद्रपुर सडक खण्डमा बिर्तामोडबाट किसनभिट्टातर्फ जाँदै गरेको प्रदेश ३ –०१–००६ ख ०१९३ नं को इकम कलेजको बस दाहिने मोड्ने क्रममा दाहिने साईडको अगाडीको चक्काको किङपिन भाचिएर दुर्घटना भएको छ । जसका कारण एकतर्फी बाटो अबरोध भएको छ । बस चालक बिर्तामोड ८ किसनभिट्टा बस्ने बर्ष ५५ का कर्णबहादुर तामाङ भएको बुझिएको छ ।

 

अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक राजकुमार श्रेष्ठको कमाण्डमा टोली खटिएर चालकसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्ट्रेलियाको क्रिसमस टापुमा रातो गंगटाको वार्षिक बसाइँसराइ सुरु

क्रिस्मस् (आईल्याण्ड),२ मंसिर । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै

जलवायु जोखिम प्रतिवेदन : अस्ट्रेलिया प्रभावित देशहरूको शीर्ष ३० भित्र

क्यानबेरा,२ मंसिर । जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूको विश्वव्यापी सूचीमा अस्ट्रेलिया २६ स्थान माथि उक्लिएको छ । सन्

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगियो

काठमाडौं ,२ मंसिर। अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बरमा डेलिभरी हुने सुनको मूल्य ०.२९ प्रतिशतले बढेर

अछामबाट सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

अछाम,२ मंसिर । जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश

बिर्तामोडमा एकैदिन दुई स्कुल बस दुर्घटना, दुई घाइते

बिर्तामोड, २ मंसिर । झापामा स्कुल बस दुर्घटना बढ्दै गएको छ । थोत्रा गाडी र चालकको लापरवाहीका कारण बालबालिका बोक्ने स्कुल बसहरु दुर्घटना हुने क्रम

झापामा ४२ वर्षपछि कोटी हवन हुँदै, भूमिपूजन सुनको हलोले गरिने

दमक, १ मांसिर । ४२ वर्षअघि अर्थात् २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाको कनकाईधाम (कोटीहोम) मा बृहत् कोटीहोम महायज्ञ आयोजना गरिएको थियो। त्यहि प्रकृतिको