झापामा बालिका हराउने क्रम बढ्दै

झापा, ९  कात्तिक। शनिबार झापामा तीन किशोरी र एक महिलासहित चारजना बेपत्ता भएको प्रहरीमा निवेदन परेको छ । त्यसमध्ये दुईजना भेटिए भने दुईजना अहिलेसम्म सम्पर्कविहीन नै रहेका छन् ।

 

शुक्रवार बिहान ६ बजे मेचीनगर ४ आमडाँगी पशुपती टोल बस्ने जगन्नाथ गिरीकी छोरी १७ वर्षीया मनिका गिरी कोही कसैलाई नसोधी आफूखुसी घरबाट हिडेकी हुन् । उनी हालसम्म बेपत्ता भएपछि उनका बुवा जगन्नाथ गिरीले हिजो प्रहरी चौकी बाहुनडाँगीमा हुलियासहितको निवेदन दिएको प्रहरीले जनाएको छ ।

 

शुक्रबार दिउँसो १ बजे शिवसताक्षी नगरपालिका वडा नं.८ ढुङ्गेल चौक बस्ने कृष्णप्रसाद भण्डारीकी छोरी १६ वर्षीया दिक्षा भण्डारी घरमा कोही कसैलाई केही नभनी सम्पर्कबिहीन भएकी थिइन् । छरछिमेक तथा आफन्तसमेतमा खोजतलास गर्दा फेला नपरेपछि उनका बुवा कृष्णप्रसाद भण्डारीले हिजो इलका प्रहरी र्कायलय झिलझिलेमा हुलियासहितको निवेदन दिएका थिए । उनी गएराति भेटिएको प्रहरीले बताएको छ ।

त्यस्तै शनिबार दिउँसो ३ः३०बजे बुद्धशान्ति वडा नं. ३बुधबारे बजार बस्ने शिबजी गुप्ताकी छोरी १३वर्षीया सन्ध्या गुप्ता साथीको घर जान्छु भनी हिडेकोमा सम्पर्कमा नआई बेपत्ता भएकी थिइन् । आफन्त तथा छरछिमेकमा समेत खोजतलास गर्दा फेला नपरेपछि प्रहरीमा निवेदन दिइएको हो।

खोजतलास गर्ने क्रममा गएराति १०.३०बजे मेचीनगर –६ मेचीडाँडा बस्ने २३ वर्षीय रबिन मगरको घरमा बसिरहेको अवस्थामा ती बालिकालाई फेला पारिएको प्रहरीले जनाएको छ । बालिकालाई उनका बुबाले बुझी लगेका छन् भने मगरलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

हिजो बाह्रदशी –५बस्ने प्रकाश राजवंशीकी श्रीमती बर्ष अन्दाजी २७की गीता राजवंशी घरमा कोही कसैलाई जानकारी नगराई आफूखुशी घरबाट हिडेर बेपत्ता भएकी छन् । जानसक्ने सम्भावित ठाउँमा खोजतलास गर्दासमेत फेला नपरेपछि उनका भाइ अर्जुन राईले इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी गराएका छन् । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । गीताका श्रीमान प्रकाश बिदेशमा रहेका छन् ।

कात्तिक १ देखि ८ गतेसम्म झापा प्रहरीले १७ जना हराएको हुलियासहितको परिपत्र मातहतका युनिटहरुलाई जारी गरेको छ । हराउनेमा १२ जना बालिका र किशोरी रहेका छन् । त्यस्तै दुई बालक, दुई पुरुष र एक महिला पनि हराएको प्रहरीले जनाएको छ। हराएकामध्ये तीन बालिका (किशोरीसमेत) र एक पुरुष बाहिर जिल्लाका हुन् । त्यसमध्ये तीन जना भेटिएको प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच