दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

 

इलाका प्रहरी कार्यालय दमकका अनुसार दमकबाट मोरङको टाडी तर्फ जाँदै गरेको बा २ ख १९८३ नम्बरको बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिँदा दुर्घटना भएको हो। बसमा करिब ३५ जना यात्रु सवार थिए।

 

घाइतेमध्ये २१ जनाको उपचार आम्दा अस्पताल खरखरेमा भइरहेको छ। उपचारको क्रममा मोरङ मिक्लाजुङ–३ का ३६ वर्षीय भीमबहादुर मगरलाई चिकित्सकले राति १२ः२८ बजे मृत घोषणा गरेका थीए ।

 

अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूमा सिता मगर, योगेश मगर, विपिन श्रेष्ठ, सपना श्रेष्ठ, नन्दमाया मगर, आशिन लिम्बु, रामकुमारी मगर, रोनिशा दर्जी, टंकबहादुर गुरुङ, साजन श्रेष्ठ, बिष्णु कुमारी लिम्बु, निकेश भुजेल, शिसिर राई, प्रेम र रुपा रसाइली, सन्दीप रसाइली, राजन श्रेष्ठ, एन्जिला जोगी, पुनम मगर र अनुसा मगर रहेका छन्।

 

प्रहरीका अनुसार दुर्घटनापछि बस चालक ३९ वर्षीय भक्तबहादुर दर्जी लाई नियन्त्रणमा लिइएको छ। बस भने घटनास्थलमै रहेको र बाटो अवरोध नभएको प्रहरीले जनाएको छ।

 

अस्पतालका अनुसार २१ जना घाइतेमध्ये २० जनालाई आज बिहान डिस्चार्ज गरिएको छ भने पेटमा चोट लागेकी १७ वर्षीया सपना श्रेष्ठको उपचार अझै जारी छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय