दमक, १५ कार्तिक । गत भदौ २३ र २४ गते जेन जी आन्दोलन भयो । यसलाई अनेकन तरिकाले व्याख्या र विष्लेशण गरिरहिएको छ । कतिले यो विदशी चलखेल भनेर अर्थाएका छन् । कतिले यो नेतृत्वमा पुगेकाहरुको गलत नियतका कारण यस्तो परिणाम भयो भन्ने गरेका छन् त कतिले यो व्यवस्थामाथीको प्रहार भनेर विष्लेशण गरेका छन ।
यही सन्दर्भमा दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले जेन जी आन्दोलन हुनु भनेको गणतन्त्र ‘फेल’ हुनु रहेको भनेर टिप्पणी गर्नु भएको छ ।
राष्ट्रिय प्रजाततन्त्र पार्टि कोशी प्रदेशका अध्यक्ष समेत रहनु भएका थापाले राजतन्त्र फालेर देशमा परिवर्तन ल्याउन हिडेकाहरु कतिञ्जेल टिक्न सके ? आफ्नै व्यवस्थाले आफैमाथी प्रहार गरेको यो अवस्था हो कि हैन भन्नुस त ।
’ उज्यालो खवरको कार्यक्रम सत्य संवादमा कुरा गर्दै थापाले भन्नु भयो ‘अवपनि यी कम्प्यूष्टि भन्नेहरुले, लोकतान्त्रीक पार्टि मान्नेहरुले महसुस गर्नु पर्दैन? भन्दै उहाँले प्रतिप्रश्न गर्नुभयो ‘के अव सबै अटाउने र सबैले आफ्नो भन्ने सरकार बनाउन पर्दैन ?
यसैमा उज्यालोले त्यो भनेको राजापनि ल्याउ भन्नु भएको हो ? भन्ने प्रश्नमा उहाँको जवाफ छ ‘त्यो त मैले भन्नै पर्दैन नी अस्तिनै पनि राजा ज्ञानेन्द्रलाई गएर यीनै दलका नेताले लु अव तपाईनै आइदिनुस भनेकै हुन, केवल उहाँले यो अवस्थामा म आउँदीन भनेर थामीएको न हो ।
अनी अव राजा बाहेकको राज्य वा सरकार बन्छ भन्ने तपाईले सोच्नु भएको छ ? र यो नै निकासको अन्तिम र निर्विकल्प समेत हो । उहाँले बताउनु भयो ।
थापासगको संवादको भिडियो तलको लिंकमा राखीएको छ ।









