दमक,१५ कार्तिक।आज शनिबार कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशी ठूली एकादशी देशभर श्रद्धा र भक्ति भावसहित मनाइँदै छ। धार्मिक विश्वास अनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी) का दिनदेखि चार महिनासम्म सुतेका भगवान् विष्णु आज कै दिन योगनिद्राबाट जाग्ने विश्वास रहेको धार्मिक विश्वास छ । यस दिनलाई देवउठनी वा देवोत्थान एकादशी पनि भन्ने गरिन्छ।
भगवान् विष्णुलाई चार महिनाको योग–निद्राबाट जगाउनका लागि घण्टा, शङ्ख, मृदङ्ग आदि वाद्यका माङ्गलिक ध्वनिका बिच यी श्लोक पढेर जगाउनु पर्दछ भन्ने परम्मपरा रहेको छ ।
आज कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने परम्परा रहेको छ ।
कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ । आजको दिन मठ मन्दिरमा पुजा गर्न भक्तजनको भिड लाग्ने गर्छ ।










