झापाको गौरादहबाट १६ जना जुवाडे पक्राउ, नामवली सहित

पक्राउ पर्नेमध्ये बिनोद अधिकारी भने गत भाद्र २४ गतेको तोडफोड र आगजनीमा पनि संलग्न भएका ब्यक्ति समेत

झापा, १६ कात्तिक । झापाको गौरादहस्थित एक होटलबाट १६ जना जुवाडे पक्राउ गरेको प्रहरीले जनाएको छ् ।

 

गएराति गौरादह नगरपालिका ५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवातास खेलाइ रहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको हो। प्रहरीले छापा मार्दा होटल सञ्चालकसहित १६ जना पक्राउ परेको जनाएको छ ।

 

उनीहरुको साथबाट प्रहरीले एक लाख ६ हजार ६ सय २० रुपैयाँ बरामद गरेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमध्ये बिनोद अधिकारी भने गत भाद्र २४ गतेको तोडफोड र आगजनीमा पनि संलग्न भएका ब्यक्ति रहेको प्रहरीले बताएको छ ।

 

पक्राउ पर्नेहरुमा रास्वपा गौरादह नगर सभापति जगत अधिकारी गौरादह–३, गौरादह रास्वपा ४ नम्बर वडा सभापति युबराज खड्का , भरत कार्की, हृदय सुवेदी, टंक बराल (सुन ब्यबसायी), राम फुँयाल, केदार मगर,नबराज भट्टराई , रोशन खत्री , बिनोद अधिकारी, गौरादह ५ (तोडफोड आगजनीमा संलग्न), दुर्गा पौडेल, मकर अधिकारी , अशोक काफ्ले , अर्जुन श्रेष्ठ, सुदिप चेम्जोङ र दिल बहादुर मगर रहेको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय