झापामा सरोज शर्मा हत्या प्रकरणमा जोडियो सुन कारोबार

 

दमक,१६ कार्तिक । झापाको सरोज साह हत्या काण्डमा सुन कारोबारको बिषय मुख्य कारण रहेको खुलेको छ । सस्तोमा सुन किन्न पाईने प्रलोभनमा परेर छलछाम गरि अपराधीक मानसिकता राख्ने गिरोहले शर्माको बीभत्स हत्या गरेको खुलेको हो । आज जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे सार्बजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत यो रहस्य खुलेको हो ।

 

घटनापछि पक्राउ परेका सुनिल साह र राहुल साहको बयानका आधारमा सरोज शर्माले सस्तोमा सुन पाए केही आफुले किन्ने र काठंमाण्डौमा चिनाजान रहेको मानिसलाई पनि किनाइदिने भनि सुनिल साहलाई सुन खोज्न भनेकोमा सुनिल साहले बिगत १ महिना अगाड देखि नै सरोज शर्मा संग भएको पैसा लुटने र निजलाई अपहरण गरि छिमेकि मुलुकमा लगि घरका आफन्तहरुसंग करोडौ रुपैया असुल्ने योजना बनाएको स्विकार गरेको प्रहरीले जनाएको छ ।

 

यस्तै सुन ल्याई राखि गाडिएको स्थान हेर्न आउन सरोज सालाइ ललाईफकाई गरि अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वनमा बोलाई सुनिल साह र निजकै नातामा भान्जा पर्ने राहुल साहले आफुसंगै लगेको ह्याम्मर ( हथौडा ) लगायतले टाउकोमा प्रहार गरि सोही स्थानमै मारेको समेत अभियुक्तले स्विकार गरेको प्रहरीले जनाएको छ । शनिबार बिहान झापा गाउंपालिका वडा नं .५ स्थित बिरिङ खोलामा रहेको पुलमुनि जमिनमुनि गाडिएको अवस्थामा मृतक शर्माको शव फेला परेको थियो ।

 

त्यहाबाट बाहिर निकाली अहिले कानूनी प्रक्रिया पश्चात शबलाई पोष्टमार्टमको लागि बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरान पठाईएको पत्रकार सम्मेलनका क्रममा प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय