बेमौसमी वर्षाले सुनसरीका किसानलाई ठुलो चोट, दुई अर्बभन्दा बढीको धान–तरकारी क्षति

जिल्लामा ८ हजार १०० हेक्टरमा हुने तरकारीखेतीमध्ये करिब ९५ प्रतिशतमा क्षति पुगेको छ। काँक्रो, परवल, बोडी, घिरौँला लगायतका तरकारी र बिरुवा समेत वर्षाले नष्ट

सुनसरी । १६ कार्तिक । कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानलाई ठूलो आर्थिक धक्का पुर्‍याएको छ। पाक्न लागेको धानदेखि तरकारीबालीसम्म वर्षाले तहसनहस बनाएपछि करिब दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहका अनुसार जिल्लामा ४८ हजार ९०० हेक्टरमा धानखेती हुने गरेकामा करिब १४ हजार ४०० हेक्टरमा क्षति पुगेको छ। “अगौटे जातका करिब २० प्रतिशत किसानले धान काटिसकेका थिए, बाँकी खेतमा लडेको छ,” सिंहले बताए, “निरन्तर वर्षाका कारण धान कुहिने अवस्थामा पुगेको छ।”

किसानको दुःख: “एकै वर्ष दुई पटक मार”

रामधुनी नगरपालिका–९ का किसान जङ्गबहादुर घिमिरेले दुई बिघा धानबाली वर्षाले पूरै नष्ट गरेको बताए। “गत असोजमा पानीले केही बिगारेन, अहिलेको वर्षाले काटेको र बाँकी धान सबै नष्ट गर्‍यो,” उनले भने, “दुई लाखभन्दा बढीको नोक्सानी भयो, अब अरू कुनै आम्दानी छैन।”

त्यसैगरी रामधुनीका सुरकुमार राईले नौ कठ्ठा तरकारी र आठ कठ्ठा धान दुवै क्षतिग्रस्त भएको बताए। “धान र तरकारी वर्षभरि खाने अन्न थियो, अब के गरेर वर्ष बिताउने?” उनले चिन्ता पोखे।

धानसँगै तरकारी र केरा पनि प्रभावित

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ८ हजार १०० हेक्टरमा हुने तरकारीखेतीमध्ये करिब ९५ प्रतिशतमा क्षति पुगेको छ। काँक्रो, परवल, बोडी, घिरौँला लगायतका तरकारी र बिरुवा समेत वर्षाले नष्ट गरेको छ।
केरा खेतीमा पनि ठूलो नोक्सानी भएको छ। पाँच सय ३० हेक्टर क्षेत्रमा हुने केरा खेतीमध्ये ८० प्रतिशत वर्षाले नष्ट गरेको केन्द्रले जनाएको छ। केही उखुखेतीमा पनि क्षति पुगेको छ।

सबैभन्दा बढी असर देवानगञ्ज र रामधुनीमा

देवानगञ्ज, रामधुनी, कोशी, इनरुवा र भोक्राह नरसिंह गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको कृषि ज्ञान केन्द्रको भनाइ छ।
“अहिलेसम्म संकलन भएको विवरणअनुसार करिब दुई अर्ब ५० करोड बराबरको क्षति भएको छ,” प्रमुख सिंहले बताए, “सबै पालिकाबाट थप विवरण संकलन भइरहेको छ।”

किसानको अपेक्षा: राहत र पुनःस्थापनाको पहल

अहिले पनि कतिपय क्षेत्रमा वर्षा रोकिएको छैन। किसानले काटेर राखेको धान उठाउन नसक्दा थप क्षतिको जोखिम बढेको छ। स्थानीय किसानहरू अब राहत, क्षतिपूर्ति र पुनःखेतीका लागि राज्यको सहायताको प्रतीक्षामा छन्।

“घाम लाग्यो भने पनि गुणस्तर घटेर आउनेछ, नभए कुहिने अवस्था आउँछ,” प्रमुख सिंहको भनाइले अहिलेको कृषि संकटको गहिराइ झल्काउँछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय