बेमौसमी वर्षाले सुनसरीका किसानलाई ठुलो चोट, दुई अर्बभन्दा बढीको धान–तरकारी क्षति

जिल्लामा ८ हजार १०० हेक्टरमा हुने तरकारीखेतीमध्ये करिब ९५ प्रतिशतमा क्षति पुगेको छ। काँक्रो, परवल, बोडी, घिरौँला लगायतका तरकारी र बिरुवा समेत वर्षाले नष्ट

सुनसरी । १६ कार्तिक । कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानलाई ठूलो आर्थिक धक्का पुर्‍याएको छ। पाक्न लागेको धानदेखि तरकारीबालीसम्म वर्षाले तहसनहस बनाएपछि करिब दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहका अनुसार जिल्लामा ४८ हजार ९०० हेक्टरमा धानखेती हुने गरेकामा करिब १४ हजार ४०० हेक्टरमा क्षति पुगेको छ। “अगौटे जातका करिब २० प्रतिशत किसानले धान काटिसकेका थिए, बाँकी खेतमा लडेको छ,” सिंहले बताए, “निरन्तर वर्षाका कारण धान कुहिने अवस्थामा पुगेको छ।”

किसानको दुःख: “एकै वर्ष दुई पटक मार”

रामधुनी नगरपालिका–९ का किसान जङ्गबहादुर घिमिरेले दुई बिघा धानबाली वर्षाले पूरै नष्ट गरेको बताए। “गत असोजमा पानीले केही बिगारेन, अहिलेको वर्षाले काटेको र बाँकी धान सबै नष्ट गर्‍यो,” उनले भने, “दुई लाखभन्दा बढीको नोक्सानी भयो, अब अरू कुनै आम्दानी छैन।”

त्यसैगरी रामधुनीका सुरकुमार राईले नौ कठ्ठा तरकारी र आठ कठ्ठा धान दुवै क्षतिग्रस्त भएको बताए। “धान र तरकारी वर्षभरि खाने अन्न थियो, अब के गरेर वर्ष बिताउने?” उनले चिन्ता पोखे।

धानसँगै तरकारी र केरा पनि प्रभावित

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ८ हजार १०० हेक्टरमा हुने तरकारीखेतीमध्ये करिब ९५ प्रतिशतमा क्षति पुगेको छ। काँक्रो, परवल, बोडी, घिरौँला लगायतका तरकारी र बिरुवा समेत वर्षाले नष्ट गरेको छ।
केरा खेतीमा पनि ठूलो नोक्सानी भएको छ। पाँच सय ३० हेक्टर क्षेत्रमा हुने केरा खेतीमध्ये ८० प्रतिशत वर्षाले नष्ट गरेको केन्द्रले जनाएको छ। केही उखुखेतीमा पनि क्षति पुगेको छ।

सबैभन्दा बढी असर देवानगञ्ज र रामधुनीमा

देवानगञ्ज, रामधुनी, कोशी, इनरुवा र भोक्राह नरसिंह गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको कृषि ज्ञान केन्द्रको भनाइ छ।
“अहिलेसम्म संकलन भएको विवरणअनुसार करिब दुई अर्ब ५० करोड बराबरको क्षति भएको छ,” प्रमुख सिंहले बताए, “सबै पालिकाबाट थप विवरण संकलन भइरहेको छ।”

किसानको अपेक्षा: राहत र पुनःस्थापनाको पहल

अहिले पनि कतिपय क्षेत्रमा वर्षा रोकिएको छैन। किसानले काटेर राखेको धान उठाउन नसक्दा थप क्षतिको जोखिम बढेको छ। स्थानीय किसानहरू अब राहत, क्षतिपूर्ति र पुनःखेतीका लागि राज्यको सहायताको प्रतीक्षामा छन्।

“घाम लाग्यो भने पनि गुणस्तर घटेर आउनेछ, नभए कुहिने अवस्था आउँछ,” प्रमुख सिंहको भनाइले अहिलेको कृषि संकटको गहिराइ झल्काउँछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय