अन्तरलिङ्गीका पीडा

आफ्‌नै नाममा परीक्षा दिइरहँदा पनि नक्कली विद्यार्थी भनेर निकालिए ।

दमक, १७ कार्तिक । एक जना विद्यार्थी जो आफ्‌नै नाममा परीक्षा दिइरहँदा पनि नक्कली विद्यार्थी भनेर निकालिए ।

 

त्यो घटना थियो २०७० सालको । कैलाली बहुमुखी क्याम्पसको परीक्षा केन्द्रमा स्नातकोत्तरको पहिलो दिनको आफ्‌नै परीक्षामा नक्कली विद्यार्थी भएर निस्कासनमा परेपछि उहाँमा धेरै ठूलो धक्का लाग्यो । मानसिक हिसाबले समेत उहाँ निकै तरंगित बन्नु भयो । त्यसपछि उहाँको स्नातकोत्तर गर्ने सपना अहिलेसम्म नै अधुरै रहिरहेको छ । उहाँ अर्थात अन्तरलिंगी व्यक्तिहरुको अधिकारका लागि स्थापित संस्था ‘क्याम्पेन फर चेञ्ज’का निर्देशक इसान रेग्मीको पीडा हो यो । ‘मैले त्यो बेला रेस्टिकेट भएपनि साह्रै धेरै मन दुख्नु मात्रै होइन, दिमागले नै काम नगरे जस्तो भयो । त्यसले गर्दा अहिलेसम्म स्नातकोत्तरको सपना अधुरै बनिरहेको छ ।’– उहाँले विगतको पीडा ओकल्नु भयो ।

 

उहाँ जन्मदा योनीको चिनारीमा जन्मिनु भयो । संगसंगै अण्डकोष भएपनि लिंग नभएका आधारमा त्यो बेला उहाँलाई ‘बालिका’ भनेर पारिवारिक र सामाजिक हिसावले निर्क्यौल भयो । सोही आधारमा बालिकाका रुपमा जन्मदर्ता गरियो । त्यही चिनारीको नागरिकता बनियो । पछि बढ्दै जाँदा उहाँको बोली, शरीरको अन्यभाग पुरुषको जस्तो बन्दै गयो । दाह्री जुंगाधारी उहाँलाई महिला भन्ने ठाउँ देखिएन । महिलाको नाम भएका उहाँ पुरुषको स्वरुपमा देखिएपछि क्याम्पसले नक्कली परीक्षार्थी भनेर निस्कासन गरेको पीडादायी घटनाले उहाँलाई ज्यादै ठूलो ठेस लाग्यो । सामाजिक हिसावले पनि विभिन्नखाले मन दुख्ने र अपहेलनाका घटना झन झल्झल्ती भइरहे । यसरी अगाडिको जीवनको यात्रा नै रोकिएपछि उहाँलाई निकै चिन्ता लाग्यो । उहाँले आफ्‌नो पहिचान जे हो, त्यसका आधारमा कागजात बनाउने र त्यही क्षेत्रको अधिकारका लागि लड्ने निधो गर्नुभयो । ०७२ सालमा महिलाको नाम र स्त्रीलिंगका आधारमा बनाइएको नागरिकता प्रमाणपत्रलाई पुरुषका रुपमा बनाउने संघर्षमा लाग्नु भयो । प्रमुख जिल्ला अधिकारीसँगको ७ दिनको लगातारको आफ्‌नो पीडादायी तर्कका आधारमा ०७६ मा पुरुषका नाममा नागरिकता बनाइछाड्नु भयो । उहाँ भन्नुहुन्छ ‘म मेरो चाहना, शारीरिक बनावटका आधारमा पुरुष नै हुँ भन्ने कुरा बुझेपछि मैले मेरो नागरिकताको नाम र लिंग परिवर्तन गरि छोडें । मैले विगत ८ वर्ष अघि महिलासंग विहे गरेको छु ।’

 

जन्मदा एउटा लिंगिय पहिचान जस्तो देखिएपनि हुर्कदै जाँदा बास्तविक मानिस कुन लिंगमा स्थापित हुन्छ भन्ने कुरालाई सामाजिक र कानुनी हिसावले पनि ध्यान दिनु आवश्यक रहेको हुन्छ । सोही प्रसंगमा झापाको दमकमा ‘अन्तरलिंगी व्यक्तिहरुको मुद्धाका बारेमा अन्तरक्रिया’ कार्यक्रमको सहजीकरण गर्दै आफूले भोगेका पीडाका घटना उहाँले सुनाउनु भएको हो । ०७६ सालमा आफ्‌नो अगुवाईमा ‘क्याम्पेन फर चेञ्ज’ नामक संस्थामार्फत उहाँले देशव्यापी अभियान अघि बढाउने नेतृत्व गरिहनु भएको छ ।

 

‘क्याम्पेन फर चेञ्ज’ झापाले नगरपालिकाका जनप्रतिनिधि र बालअधिकार समितिका पदाधिकारीहरुको अन्तरक्रिया राख्दै अन्तरलिंगीहरु पारिवारिक, सामाजिक, कानुनी, सांस्कृति, शिक्षा, रोजगारीसहितका विषयमा विभेदमा परेको विषय उठान गरेको थियो । जसका लागि परिवार, समाज र राज्य उदार बनेर त्यस्ता व्यक्तिहरुको न्यायिक सम्बोधन हुनुपर्नेमा जोड दिइयो । अन्तरलिंगीको वयस्क अवस्थाको आधारमा उसको इच्छा अनुसार कागजातसहितका न्यायिक कामकार्यबाही हुनुपर्ने संस्थाको जोडदार माग रहेको जानकारी गराइयो । एक वा एकभन्दा बढी जन्मजात यौन विशेषताहरुको शारीरिक विविधता लिएर जन्मिएका व्यक्तिहरु अन्तरलिंगी भएको निर्देशक रेग्मीले प्रष्ट्याउनु भयो ।

 

राहदानीमा पुरुष र महिला भन्दा फरक रहेको अवस्था दर्शाएपछि ‘अदर’का रुपमा ‘ओ’ लेखिदिने गरिएको छ । जसले विदेश जाँदा समेत समस्या हुने गरेको पीडा समेत रेग्मीले बारम्बार भोग्दै आउनु भएको छ । ‘म सन् २०२३ मा अष्ट्रेलियाको कन्फ्रेन्समा जाँदा भारतको इयरपोर्टमा ओ लेखेको पासपोर्टका आधारमा झण्डै जान दिइएन । त्यहाँ मेरो सार्वजनिक बेइज्यती समेत भयो । तर मैले आफ्‌नो अवस्था बुझाएर प्रतिवाद गरें र त्यहाँबाट छिर्न पाएँ । नत्र मेरो व्लाक लिष्टमा नाम रहेको भए म कहिल्यै विदेशका कार्यक्रममा जान नपाउने जोखिम थियो ।’– उहाँले कदम कदममा भएका अप्ठ्यारा वर्णन गर्ने क्रममा भन्नुभयो ।

 

कुल जनसंख्याको करीव २ प्रतिशत मानिस अन्तरलिंगी जन्मिने अनुमान छ । नेपालको संविधान २०७२ ले पनि कुनै पनि लिंगका आधारमा विभेद गर्न नहुने अधिकारको धेरैवटा धारामा व्याख्या गरेको छ । जस्तो, धारा १८ को २ मा लिंगका आधारमा विभेद गर्न नपाइने, ३९ मा बालबालिकाको हक अन्तर्गत १ मा प्रत्येक बालबालिकालाई आफ्‌नो पहिचानको नामाकरण र जन्मदर्ताको हक हुने कुरा उल्लेख छ । धारा ४२ मा सामाजिक न्यायको हक अन्तर्गत १ मा लैगिक तथा यौनिक अल्पसंख्यकलाई विभेद नहुने लगायतका विषयहरु समेटिएका छन् । क्याम्पेन फर चेञ्जले पनि सरकारलाई समावेशीता र शारीरिक स्वायत्तताका लागि अन्तरलिंगीका उल्लेखित सवाल कार्यान्वयनको माग अघि सारिरहेको छ । युपीआर, अन्तराष्ट्रिय बालअधिकार सन्धिलगायतले समेत नेपाल सरकारलाई यौनिक अल्पसंख्यकका विषयलाई सहज बनाएर कार्यान्वयनमा जान सुझाव दिइरहेको छ ।
यस अघि तेस्रो लिंगीका सवाल अलि बढी उठिरहेको सन्दर्भबाट राष्ट्यि जनगणना २०७८ मा २ हजार ९ सय २८ जनालाई ‘अन्य’ भनेर उल्लेख गरिएको छ । तर तेस्रो लिंगी, अन्तरलिंगी वा अन्य समस्या भएका को कति भन्ने कुरा भने त्यसमा छुट्याइएको छैन ।

 

जन्मदर्तादेखि ठूलो भएपछिको अवस्था समेत ध्यान दिएर कागजात बनाउने र संसोधन गर्न पालिकाहरुको भूमिका रहनु पर्ने कार्यक्रमको आवाज थियो । कार्यक्रममा सहभागी दमक ७ का वडाअध्यक्ष भीम पौडेलले वडाका जनप्रतिनिधिका समस्या उल्लेख गर्दै संघीय तहमै यसको स्पष्ट नीति बन्नुपर्नेमा जोड दिनु भयो ।

 

कार्यक्रममा अध्यक्षता गर्नुभएकी दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले यसखाले समस्या सबै मिलेर समाधान गर्दै जानु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा संस्थाका झापाका पैरवीकर्ता प्रेम थापा, मोरङकी पैरवीकर्ता विमला श्रेष्ठको सहजीकरणमा सहयोग रहेको थियो ।
‘क्याम्पेन फर चेञ्ज’ ले काठमाडौं, ललितपुर, बर्दिया, दैलेख, सुर्खेत, झापा र मोरङमा अन्तरलिंगीलाई संगठित गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय