दमक नगरपालिकाको बजेट १० प्रतिशत घट्यो, यस्ता कार्यक्रम स्थगित

दमक २१ कार्तिक । दमक नगरपालिकाले जेन जि आन्दोलनको प्रभबा र यसले पारेको असरको विश्लेषण गरेको छ । गत कार्तिक १८ गते बसेको नगरसभाको बैठकले जेनजी आन्दोलनबाट दमक नगरपालिकाले मात्र २३ करोड बढिको क्षती बिहोरेको र अन्य वार्डगत रुपमा भएका असर क्षतीको समेत लगत सहित अबस्था विश्लेषण गरेको छ ।
नगरले शुक्रबार प्रेस नोट सार्बजनिक गर्दै समग्र दमक र नगर कार्यपालिकाको कार्यालयको क्षती सार्बजनिक गर्दै पुनर्निर्माण गर्ने काम समेतको घोषणा गरेको छ ।

पुनर्निर्माण गर्न चालू आर्थिक वर्षका लागी बिनियोजन भएको कुल बजेट १ अर्व ४७ करोडबाट नगर र वार्ड स्तरका योजनाहरुबाट दस प्रतिशत बजेट कटौती गर्ने, अन्य सामाजिक तथा आर्थिक कार्यक्रम कटौती गरि थप मितव्ययी अपनाएर नगर पुनर्निर्माणमा लाग्ने नगर प्रमुख राम कुमार थापाले बताउनु भयो ।

यद्यपि नगरले शिक्षा ,स्वास्थ्य र पुर्वाधारका योजनामा भने सकभर कटौती नगर्ने तर तालिम, गोष्ठी , सेमिनार जस्ता कार्यक्रम मितव्यायी बनाएर सेवा प्रबाह गर्ने उहाले बताउनु भयो । नगरपालिकाले अनुमान गरेको आम्दानी , राजस्व संकलनमा समेत प्रभाव पर्ने भएकोले ती कार्यक्रम तत्काललाई स्थगित गरिएको र रकममा हेरफेर , कार्यक्रम परिमार्जन गरि हिउदे नगरसभाले तय गर्ने समेत नगर प्रमुख थापाले शुक्रबार प्रेस नोट सार्बजनिक कार्यक्रममा जानकारी गराउनु भयो ।

यस आर्थिक वर्षमा ग्यास बितरण, चामल र खाद्यान्न बितरण, स्वास्थ्य विमाको पृमियम भुक्तानी , बिधुत महशुस भुक्तानी , धारा पानी महसुल भुक्तानी , हेन्ड पम्प कल बितरण, रिक्सा साईकल बितरण, साडी ब्याग झोला बितरण, बाध्यबाधन यन्त्र उपकरण , सेनेटरी प्याड वितरण , डस्विन, फुलका बिरुवा , गमला बितरण, सुत्केरी पोषण खाद्यान्न र मनमोहन चार्ड खर्च जस्ता वितरणमुखी कार्यक्रम स्थगित गरिएको छ । अबस्था हेरेर आगामी आर्थिक वर्ष पुन सन्चानल गरिने पनि नगर प्रमुख थापाले उल्लेख गर्नु भयो ।

नगरप्रमुखले यी विवरण सार्बजनिक गरिसके पछि बोल्ने क्रममा नेपाल मानव अधीकार संघठनका अध्यक्ष डा. केपी सुवेदीले दमक क्षेत्रमा रहेका अन्य सार्बजनिक निकायको काम र प्रबाह हुने सेवाको निगरानी र समन्वय गरि नागरिकले पाउने सेवामा सहजता गराउन सहजीकरण गर्न नगरपालिकासग माग राख्नु भएको छ ।

कार्यक्रममा दमकका विभिन्न सकृय सामाजिक संघ सस्था, राजनीति दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा