‘जेन जी आन्दोेलन एमालेमाथीको प्रहार’ अवको समाधान के ?

 

दमक २२ कार्तिक । गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन नेकपा एमाले र केपि शर्मा ओली माथीको प्रहार रहेको बताइएको छ । शनिबार झापाको दमक नगरपालिका वार्ड ५ मा आयोजना गरिएको जनस्तरको भेलालाई सम्बोधन गर्दै एमालेको जिम्मेवार नेताहरुले जेन जी आन्दोलन एमालेको विरुद्ध सुनियोजीत र संगठीत प्रहार रहेको बताउनु भएको छ ।

 

नेकपा एमाले केन्द्रि सदस्य गीता अधिकारीले जेन जी पुस्ताले उठान गरेका मागहरु जायज भएको र नेकपा एमाले पनि ती मागकैलागी निरन्तर संघर्ष गरीरहेका बेला एकाएक एमालेका नेता, व्यक्तिगत सम्पपत्तीमाथीको प्रहार बढेपछि ए यो त माग एउटा राख्ने तर काम गर्ने अर्कोे गर्ने भएपछि एमाले विरुद्धको आन्दोलन रहेको स्पष्ट भएको उल्लेख गर्नु भयोे ।

 

यद्यपी अहिलेको परिस्थिती जे बन्यो त्यसमा एमालेलाई मात्रै दोष दिने र अरुचाहि चोखीन खोजीरहेको भन्दै पनि टिप्पणी गरिएको थियो । अव यो स्थितीलाई सहज र समान्य बनाउन एमाले बाहेक अन्य कुनैपनि दलहरुले नसक्ने नेकपा एमाले पोलीटव्यूरो सदस्य देवेन्द्र दाहालले उल्लेख गर्नुभयो । यसकालागी खासगरी जेनजी पुस्ताहरुलाई निरन्तर भेट गर्ने, पार्टिको नेतृत्वमा बनेको सरकारका पालमा भएका राम्रा काम र उद्धेस्यबारेमा जनतालाई अधिकत बुझाउने र यसबाट प्राप्त भएका उपलब्धीको रक्षा गर्न एकतावद्ध पार्ने काम नेकपा एमालेले देशैभरी गरिरहेको पनि उहाँले उल्लेख गर्नु भएको छ ।

 

नेकपा एमाले दमक नगरको वार्ड ५ कमिटीले आयोजना गरेको कार्यक्रममा यस वार्डमा उपलब्ध बिभिन्न तहका नेता तथा अन्य कार्यकताका साथै आम नागरिकको समेत भेला रहेको थियो । जेष्ठ नागरीक सम्मान प्रतिस्ठानको हलमा भएको कार्यक्रमको अध्यक्षता पार्टिको वार्ड अध्यक्ष किरण उप्रेतीले गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन