आन्दोलनको बलमा बनेको सरकारले संविधान पनि निष्क्रिय गर्न सक्छ?

दमक २४ कार्तिक । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा निवर्तमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जेनजि आन्दोलनबाट बनेको सरकार असंवैधानिक रहेको बताउनु भएको छ । असंवैधानिक सरकारले सिफारिस गर्दैमा रास्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा बिगठन गरेर अर्को असंवैधानिक कदम चालेको समेत उहाले बताउनु भएको छ । यदि सरकार आन्दोलनबाट बनेको हो भने आन्दोलनले संविधान पनि निष्क्रिय पार्नु पर्यो नि त , सक्छ त्यसो गर्न? भन्दै उहाले प्रश्न समेत गर्नु भएको छ । आज झापाको दमक स्थित केपी ओलीको सम्पर्क कार्यालयमा आयोजीत पत्रकार भेटघाटमा उहाले यस्तो बताउनु भएको हो । सो अबसरमा उहाके भन्नू भयो “ त्यसकारण यो घटनाको अबस्था, यसले पारेको असर र संविधान रक्षाकालागी नेकपा एमालेले देशब्यापी विभिन्न तह र चरणमा आन्दोलनका कार्यक्रम घोषणा छ । यसमा आम नागरिकको साथ र समर्थन प्राप्र भएको छ ।

 

यस्तै सो अबसरमा उहाँले जेन जिका नाममा ककसको र कसरी घुसपैठ भयो भन्नेबारेपनि उल्लेख गर्नुभएको छ । जेनजि उमेर समुहले गरेको शान्तिपुर्ण आन्दोलनमा आगजनी , टोडफोड गर्न माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाका कार्यकर्ता अग्रमोर्चामा रहेको समेत आरोप लगाउनु भएको छ । उहाले सो प्रदर्शन केपी ओलीको सरकार ढाल्ने रणनीतिका साथ एमाले र कांग्रेस बाहेकका अन्य राजनीतिक दल र भारतको चलखेल अनि सहयोगमा भएको पनि आरोप लगाउनु भयो । उहाले भन्नुभयो जेन जि आन्दोलन हुनु केही दिन अघी मात्र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमणमा जानू भएको र त्यहा आफ्नो भुमी कालापानी र लिपुलेकका बारेमा त्यहाका राष्ट्रपतिसँग स्पस्ट रुपमा आफ्नो भुमी रहेको भन्दै यो मुद्दालाई अन्तरास्ट्रिय करण गर्न लागेको भन्दै भारतले यो आन्दोलनमा सहयोग गरेको उहाँलेको टिप्पणी छ ।

 

उहाले जेन जिका नामा भएको आन्दोलन भदौ २३ गते १२ बजे सम्म मात्र आन्दोलन भएको तर त्यसपछि अराजक समुहले हाईज्याक गरेर देशलाई यो स्थितिमा पुर्याएको पनि बताउनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि