दमक,२४ कार्तिक । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले संघीय सरकारबाट सरुवा भई आउनुभएका तीनजना सहसचिवको प्रदेश सचिवको रुपमा पदस्थापन गरेको छ। कोषहरी निरौलालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव, उद्धव रिजाललाई सामाजिक विकास मन्त्रालयको सचिव त्यस्तै, पुष्कर प्रसाद पोखरेललाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयमा प्रदेश सचिवको रूपमा पदस्थापन गरिएको छ। त्यस्तै प्रदेश सभा लाई सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। जेन्जी आन्दोलन मा प्रदेश सभा जलेर ध्वस्त भएपछि कटहरी गाउँपालिकामा रहेको कृषि बजारमा प्रदेश सभा सञ्चालन गर्ने तयारी गरिएको कोशी प्रदेश सरकारका प्रबक्ता रेवतीरमण भण्डारीले जानकारी दिनुभयो।

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा
काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने









