फाल्गुनन्दको १४१ औं जन्मजयन्तीको अवसरमा कोशी प्रदेशमा आज सार्वजनिक बिदा

दमक,२५ कार्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्तीको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ। महागुरु फाल्गुनन्द लिङदेनको जन्म विसं १९४२ कात्तिक २५ गते आइतबार भएको थियो । समाज सुधारका लागि नीति निर्माण गरेका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो।

 

फाल्गुनन्द किराँत धर्मका महागुरु तथा समाज सुधारक हुन्ुन्छ । उहाँलाई सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फाल्गुनन्द समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक रहेको बताउनु भयो ।

महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा सन्देश जारी गर्दै उहाँले सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो।

उहाँले कोशी प्रदेश सरकारले भाषा संस्कृति लिपिको संरक्षणका लागि संवैधानिक व्यवस्था अनुसार भाषाहरूलाई प्रदेशमा प्रयोगमा ल्याउने बताउनु भयो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच

रोल्पा जीप दुर्घटनामा २० जनाको मृत्यु —राज्यको मौनता र नागरिकको चित्कार

रोल्पा ,१९ वैशाख । रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटना भएको आज तीन दिन बितेको छ। ७०० मिटर

नातीको नाममा अक्षय कोष स्थापना

दमक । १९ बैशाख । दमक ६ निवासी ऐश्वर्य तिम्सिनाले आफ्‌नो नातीको नाममा अक्षय कोष स्थापना गर्नु भएको छ ।   दमक ९ मा रहेको