दमकमा अत्यधिक मदिरा सेवनका कारण एक पुरुषको मृत्यु

दमक,२६ कार्तिक । झापाको दमकमा अत्यधिक मदिरा सेवनका कारण एक पुरुषको मृत्यु भएको  छ। दमक नगरपालिका–७ सयपत्री टोलका ४७ वर्षीय विनोद चौलागाईको अत्यधिक मादक पदार्थ सेवनपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मिति २०८२ साल कात्तिक २५ गते दिउँसो करिब ३ बजे दमक–६ बोका हाउस अगाडि उनी अत्यधिक मापसे गरी लडेका अवस्थामा स्थानीयले फेला पारेका थिए। त्यसपछि उनका भाई योगेन्द्र चौलागाईले उनलाई घर र्पुयाएका थिए। तर अर्काे दिन बिहान करिब साढे ९ बजे बिरामी भएर बिग्रिएपछि उनलाई तत्काल दमक अस्पताल ल्याइएको थियो। अस्पतालका चिकित्सकले जाँच गर्नेबित्तिकै चौलागाईको मृत्यु भइसकेको घोषणा गरेका थिए।

 

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लगानीको अभिभावकत्व लिने व्यवस्था राख्नुपर्छ : पाण्डेको माग

काठमाडौं,१३ जेठ । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको संविधानमै नागरिक तथा लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्ने स्पष्ट व्यवस्था आवश्यक रहेको बताउनु भएको छ । राज्यले लगानीको

बत्तीमा तेल कम भए पनि यो निभ्नेवाला छैन :सीपी गजुरेल

काठमाडौं,१३ जेठ । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव सीपी गजुरेलले २५ औँ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस तथा पुरस्कार–सम्मान समारोहमा सम्बोधन गर्दै जनयुद्ध, क्रान्ति

प्रतिनिधिसभामा ’चलचित्र विधेयक, २०८२’ प्रस्तुत, सैद्धान्तिक छलफल सुरु

काठमाडौँ,१३ जेठ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले ’चलचित्र विधेयक, २०८२’ छलफलका लागि प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। बुधबार बसेको बैठकमा मन्त्री तिमल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको उक्त

स्थानीय तह जनताको पहिचान हो : ग्नीप्रसाद सापकोटा

काठमाडौं ,१३ जेठ। नेपाली कम्युनिस्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले स्थानीय तहलाई जनताको पहिचान, सेवा र रूपान्तरणको मुख्य आधार भएको बताउनु भएको छ । जनप्रतिनिधिहरुको प्रशिक्षण

मलाई डोटेली भाषा मन पर्छ : दिपकराज बोहोरा

काठमाडौं,१३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दिपकराज बोहोराले अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्थाको माग गर्नु भएको छ। बुधबार प्रतिनिधिसभाको

मानव अधिकार रक्षा र दण्डहीनताको अन्त्यमा संसद् प्रतिबद्ध छः सभामुख अर्याल

काठमाडौं,१३ जेठ । सभामुख डोलप्रसाद अर्याल (डिपि)ले मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध रहने बताउनु भएको छ् । राष्ट्रिय मानव अधिकार